9 years ago
January 30, 2016
काठमाडौँ, माघ १६ । बाफलस्थित युनाइटेड फुट्सलले शनिबार बङ्गबन्धु गोल्डकप फुटबल प्रतियोगिता जित्ने नेपाली राष्ट्रिय टिमका कप्तान विराज महर्जनलगायत अन्य तीन खेलाडीलाई सम्मान गरेको छ ।
विराजको नेतृत्वमा नेपालले यसै साता बङ्गलादेशमा च्याम्पियन बनी २३ वर्षसम्म परेको अन्तर्राष्ट्रिय उपाधिको खडेरीलाई तोडेको थियो । युनाइटेड फुट्सलले बङ्गबन्धु गोल्डकपमा सर्वाधिक गोलकर्ता तथा ‘मस्ट भ्यालुयबल प्लेयर’ घोषित हुने स्ट्राइकर नवयुग श्रेष्ठ, डिफेन्डर रविन श्रेष्ठ र गोलरक्षक विकेश कुथुलाई पनि सम्मान गरेको थियो ।
यी चारै खेलाडीले संयुक्त रुपमा केक काट्नुका साथै एकअर्कालाई खुवाएर जितको खुशी साटे । कप्तान विराजले आफ्ना दाजु विक्रम महर्जनसँग मिलेर प्रत्येक शनिबार युनाइटेड फुट्सलमा छात्रछात्रालाई फुटबलको प्रशिक्षण दिनुहुन्छ । विक्रम पनि उमेर समूहमा नेपालको प्रतिनिधित्व गरिसकेका पूर्व फुटबलर हुन् ।
सो अवसरमा कप्तान महर्जनले अब दक्षिण एसियाली खेलकुदअन्तर्गत फुटबलमा स्वर्ण पदक जित्ने लक्ष्य भएको बताए । युवा टिम भएकोले राम्रो सुविधा र अनुभव पाएमा यो टिमले भविष्यमा अन्य ठूला उपलब्धि पनि हासिल गर्नसक्ने कप्तान विराजले बताए ।
युनाइटेड फुट्सलका सिइओ प्रकास महर्जनले कम्युनिटी विकासका लागि फुट्सल खोलेको र देशको इज्जत राख्ने राष्ट्रिय खेलाडीलाई हौसला प्रदान गर्न यो सम्मान कार्यक्रमको आयोजना गरेको जानकारी दिए ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]