6 years ago
May 22, 2018
सबिन सेर्मा (लिम्बु)
झापा– राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य मनमाया लिम्बु गृह जिल्लामा सम्मानित भएकी छिन् । मोरङको लेटाङ मा मंगलबार वडा स्तरिय पुरूष फुटबल प्रत्योगितामा मनमायालाई लेटाङ नगरपालिकाले सम्मान गरेको थियो ।
फुटबलको माध्यमबाट नगरपालिका र देशकै प्रतिष्ठा बढाउन भूमिका निर्वाह गरेको भन्दै उनलाई सम्मान गरिएको थियो । उनलाई १५ हजार रुपैयाँसहित सम्मान पत्र प्रदान गरिएको थियो । ५ वर्षयता नेपाल महिला टोलीमा रहेकी रक्षक मनमाया २०६९ मा नेपाल एपिएफ क्लबमा आबद्ध भएकी थिइन् ।
October 10, 2024
हिमाल खरेल, बिर्तामोड बिर्तामोड नगरपालिका वडा नम्बर ४ ले बिर्तामोडमा अन्तरवडा फुटबल प्रतियोगिताको उपाधि जितेको छ । वडा नं. ५ लाई बिहीवार सडनडेथमा हराउँदै वडा नं. वडा ४ ले उपाधि जितेको हो। निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि भएको टाइब्रेकर पनि बराबर भएको थियो । सडनडेथमा वडा नम्बर ५ लाई ८–७ गोलअन्तरले हराउँदै वडा नम्बर […]
October 8, 2024
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]
October 8, 2024
काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]