default_image

6 years ago

May 23, 2018

गोलकिपर रोमेरो घाइते, अर्जेन्टिनाको विश्वकप अभियानमा धक्का

38 views

0 Bookmark

ब्युनर्स आयर्स (एजेन्सी) – अर्जेन्टिनाका ३१ वर्षीय गोलकिपर सर्जियो रोमेरोले विश्वकप गुमाउने भएका छन् । अर्जेन्टिनाको २३ सदस्यीय टोलीमा परेका रोमेरोले घुंडामा चोट बोकेपछि विश्वकप गुमाउने अर्जेन्टिना फुटबल संघले जनाएको छ। 

romero

विश्वकपका छनोट चरण खेलहरुमा पहिलो रोजाईको रुपमा अर्जेन्टिनाका पोस्ट सम्हालेका गोलरक्षक रोमेरोले यो सिजन सबै प्रतियोगितामा म्यानचेस्टर युनाइटेडबाट १० खेलमा मात्र अवसर पाएका थिए। प्रशिक्षक मौरिन्होले उनलाई डे ह्याको ब्याक अपको रुपमा हेरेका थिए।

चेल्सीका रिजर्भ गोलकिपर विल्ली काबालेरो र रिभर प्लेटका फ्रान्को अर्मानी २३ सदस्यीय टोलीमा समावेश अन्य दुई गोलकिपर हुन्।काबालेरोले अर्जेन्टिनाबाट २ खेल खेलेका छन् भने अर्मानीले सिनियर टोलीबाट डेब्यु गरेका छैनन्। तसर्थ अर्जेन्टिनाबाट ९४ क्याप जितेका रोमेरोको अनुपस्थिति अर्जेन्टिनालाई झट्का हुनेछ । २०१४ मा अर्जेन्टिना विश्व कपमा दोस्रो स्थान हासिल गर्दा रोमेरो टोलीको महत्वपूर्ण सदस्य थिए ।

छनोटमा चरण ब्राजिल र उरुग्वेभन्दा तल रहँदै विश्वकपमा स्थान बनाएको अर्जेन्टिना समूह डी मा आइसल्याण्ड, क्रोएसिया र नाइजेरियासँग रहेको छ।

 

October 10, 2024

बिर्तामोड अन्तरवडा फुटबलको उपाधि वडा नं.४ लाई

हिमाल खरेल, बिर्तामोड बिर्तामोड नगरपालिका वडा नम्बर ४ ले बिर्तामोडमा अन्तरवडा फुटबल प्रतियोगिताको उपाधि जितेको छ । वडा नं. ५ लाई बिहीवार सडनडेथमा हराउँदै वडा नं. वडा ४ ले उपाधि जितेको हो। निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि भएको टाइब्रेकर पनि बराबर भएको थियो । सडनडेथमा वडा नम्बर ५ लाई ८–७ गोलअन्तरले हराउँदै वडा नम्बर […]

October 8, 2024

साफ च्याम्पियनसिपका लागि तयारी अघि बढाउँदै एन्फा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]

October 8, 2024

घटनाको छानबिन र कारवाहीपछि मात्र प्रियांशको परिवारले एन्फाकोआर्थिक सहयोग लिने

काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ‌। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]

Success

Thank you for your time.