6 years ago
May 21, 2018
सबिन लिम्बु (सेर्मा)
झापा– झापा युवा परिवार झापाको ज्यामिरगणीमा जारी प्रथम सनसाइन महिला कप झापा जिल्ला स्तरिय महिला फुटबलको सेमिफाइनलमा पुगेको छ । बाह्रदर्शी गाउँपालिका महिला एफसीलाई सोमबार १–० ले हराउँदै झापा युवा परिवार अन्तिम चारमा पुगेको हो ।
झापाकी कप्तान मेनुका न्यौपानेले २५ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेको थियो । मेनुका खेलको वमन अफ दी म्याच घोषित भइन् । उनले १ हजार रुपैयाँ प्राप्त गरिन् । प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा मंगलबार सतासिधाम स्पोर्टिङ क्लब झिलझिले र जुनतारा खुदुनाबारीबीच प्रतिस्पर्धा हुनेछ ।
October 10, 2024
हिमाल खरेल, बिर्तामोड बिर्तामोड नगरपालिका वडा नम्बर ४ ले बिर्तामोडमा अन्तरवडा फुटबल प्रतियोगिताको उपाधि जितेको छ । वडा नं. ५ लाई बिहीवार सडनडेथमा हराउँदै वडा नं. वडा ४ ले उपाधि जितेको हो। निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि भएको टाइब्रेकर पनि बराबर भएको थियो । सडनडेथमा वडा नम्बर ५ लाई ८–७ गोलअन्तरले हराउँदै वडा नम्बर […]
October 8, 2024
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]
October 8, 2024
काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]