default_image

7 years ago

May 21, 2018

बेल्जियमको प्रारम्भिक विश्वकप टोली घोषणा

114 views

0 Bookmark

ब्रसेल्स (एजेन्सी) – फिफा विश्व वरियतामा तेस्रो स्थानमा रहेको बेल्जियमले आज विश्वकप २०१८ का लागि आफ्नो २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ ।

बेल्जियमको टोलीमा इंग्लिस प्रिमियर लिगका १५ खेलाडी रहेका छन् जसमा कप्तान तथा चेल्सीका एडेन हाजार्ड पनि पर्दछन् । प्रशिक्षक रोबर्टो मार्टिनेजले आफ्ना सबै अनुभवी तथा नियमित खेलाडीहरुलाई राखे पनि रोमाका राड्जा नाइनगोलानलाई पनि टोलीमा स्थान दिएका छैनन् । नाइनगोलान र मार्टिनेज बीच केहि महिनायता सम्बध चिसिएको खबर आएको थियो ।

बेल्जियम आफ्नो पहिलो खेल जुन १८ मा पानामासँग खेल्ने छ । त्यस्तै बेल्जियम रहेको समूह ‘जी’मा इंग्ल्यान्ड र ट्युनिसिया पनि रहेका छन् ।

प्रारम्भिक टोली

गोलकिपर– थिबो कोर्टुवा, साइमोन मिन्योलेट, म्याट्स सेल्स, कोएन क्यासटिल्स

डिफेन्डर– टोबी एल्डरवेरेल्ड, डेड्रिक बोयाटा, लियान्डर डेन्डोन्केर, लरेन्ट सिमान, क्रिस्टियन काबासेले, भिन्सेन्ट कम्पनी, जोर्डर लुकाकु, थोमस मुनियर, थोमस भर्मेलिन, जान भर्टोन्घेन

मिडफिल्डर– यानिक कारासो, केभिन डे ब्रुयन, नासिर चाड्ली, मुसा डेम्बेले, मरोएने फेलाइनी, एडेन हाजार्ड, थोर्गर हाजार्ड, आड्नान जानुजाई, ड्राइस मर्टेन्स, युरी टेलेम्यान्स, एक्सेल विट्सेल

फरवार्ड– मिची ब्याटसुवायी, क्रिस्टियन बेन्टेके, रोमेलु लुकाकु

March 18, 2025

साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]

March 18, 2025

सिंगापुर र मलेसिया जाने फुटबल टिमको बिदाइ

काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]

March 18, 2025

‘अञ्जिला’ फिल्म हेर्न एन्फाको अनुरोध

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]

Success

Thank you for your time.