default_image

6 years ago

May 21, 2018

इनियेस्टाले बार्सिलोना र समर्थकको प्रशंसा गर्दै विदा लिए

87 views

0 Bookmark

बार्सिलोना (एजेन्सी)– आन्द्रे इनियेस्टाले बार्सिलोनाबाट अन्तिम खेलपछि क्लब र समर्थकको प्रशंसा गरेका छन् । २२ वर्ष बार्सिलोनामा बिताएपछि उनले क्लब छाड्ने निर्णय लिएका हुन् । रियल सोसिडाडसँगको आइतबारको खेल बार्सिलोनाबाट उनको अन्तिम खेल थियो ।

ला लिगा च्याम्पियन बनिसकेको बार्सिलोनाले सोसिडाडलाई १–० ले हराएको थियो । खेल सकिएपछि समर्थकलाई सम्बोधन गर्दै इनियेस्टाले भने,‘ तपाईहरु सबैलाई सदाका लागि आफ्नो मुटुमा लिएर म जाँदैछु । यहाँ बिताएको २२ वर्ष मेरा लागि विशेष छन् । म गौरवान्वित छु । यो क्लबलाई प्रतिनिधत्व गर्न पाउनुमा मलाई खुसी छ ।’

उनले थपे,‘ म सबैलाई आदर र माया गर्छु । मलाई तपाईहरुले सानो उमेरदेखि माया दिनुभयो । एउटा मान्छे भएर क्लब छोड्दैछु ।’ खेलको अन्त्यतिर इनियेस्टाको ठाँउमा पाको अल्सासेरलाई प्रशिक्षक इर्निस्टो भाल्भेर्डेले मैदान पठाएका थिए ।

‘हामी जितका साथ अन्त्य गर्न चाहन्छौं । तर आज इनियेस्टाको दिन हो । समर्थकले त्यसलाई विशेष बनाइदिए,’ उनले भने,‘ म खेलको अन्त्यमा माहौल परिवर्तन गर्न चाहन्थे । लियोन मेस्सीलाई पनि हामी खेलको अन्त्यमा मैदानमा राख्न चाहन्थ्यौं । त्यो सहित समय थियो ।’ मेस्सी ६७ औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।

भाल्र्भेडेले इनियेस्टा जस्ता खेलाडीलाई भविष्यमा पनि लामो समय सम्म सम्झनामा रहने बताए । इनियेस्टा अर्को सिजन चीन वा जापान जाने अनुमान गरिएको छ । इनियेस्टाले बार्सिलोनामा ९ ला लिगा, ४ च्याम्पियन्स उपाधि जितेका थिए ।

October 10, 2024

बिर्तामोड अन्तरवडा फुटबलको उपाधि वडा नं.४ लाई

हिमाल खरेल, बिर्तामोड बिर्तामोड नगरपालिका वडा नम्बर ४ ले बिर्तामोडमा अन्तरवडा फुटबल प्रतियोगिताको उपाधि जितेको छ । वडा नं. ५ लाई बिहीवार सडनडेथमा हराउँदै वडा नं. वडा ४ ले उपाधि जितेको हो। निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि भएको टाइब्रेकर पनि बराबर भएको थियो । सडनडेथमा वडा नम्बर ५ लाई ८–७ गोलअन्तरले हराउँदै वडा नम्बर […]

October 8, 2024

साफ च्याम्पियनसिपका लागि तयारी अघि बढाउँदै एन्फा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]

October 8, 2024

घटनाको छानबिन र कारवाहीपछि मात्र प्रियांशको परिवारले एन्फाकोआर्थिक सहयोग लिने

काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ‌। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]

Success

Thank you for your time.