default_image

6 years ago

May 21, 2018

मेस्सीले पाँचौ पटक जिते ‘गोल्डेन शु’

27 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – बार्सिलोनाका फरवार्ड लियोनल मेस्सीले ‘युरोपियन गोल्डेन शु’ को उपाधि जितेका छन्। युरोपका सबै लिगमा सर्वोकृष्ट गोलकर्ताको रुपमा मेस्सीले यस उपाधि जितेका हुन्। 

messi golden shot

यसअघि मोहम्मद सलाह मेस्सीसँग प्रतिस्पर्धामा रहेपनि उनीभन्दा २ गोल धेरै गर्दै अघिल्लो सिजन पनि युरोपका सर्वोकृष्ट फरवार्ड मेस्सीले यस उपाधिको रक्षा गरेका हुन्। दोस्रो स्थानका सलाहले ३२ गोल गर्दा मेस्सीको नाममा ३४ गोल रह्यो। तेस्रो स्थानमा ह्यारी केनको ३० गोल छ।

गोल्डेन शु गोलमा भन्दा पनि अंकमा आधारित छ। युरोपका ५ शिर्ष लिगमा १ गोललाई २ अंकको मान्यता दिइन्छ। पोर्चुगेली लिगमा बेन्फिकाका जोनास ओलिभिएराले समान ३४ गोल गरेपनि पोर्चुगेली लिगमा १ गोलको १.५ अंकको मात्र मान्यता छ।

मेस्सीको यो पाँचौ उपाधि हो। रियल म्याड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले ४ पटक यस उपाधि जितेका छन्। यसपटक रोनाल्डोले आठौँ स्थानमा सिजन अन्त्य गरे ।

October 10, 2024

बिर्तामोड अन्तरवडा फुटबलको उपाधि वडा नं.४ लाई

हिमाल खरेल, बिर्तामोड बिर्तामोड नगरपालिका वडा नम्बर ४ ले बिर्तामोडमा अन्तरवडा फुटबल प्रतियोगिताको उपाधि जितेको छ । वडा नं. ५ लाई बिहीवार सडनडेथमा हराउँदै वडा नं. वडा ४ ले उपाधि जितेको हो। निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि भएको टाइब्रेकर पनि बराबर भएको थियो । सडनडेथमा वडा नम्बर ५ लाई ८–७ गोलअन्तरले हराउँदै वडा नम्बर […]

October 8, 2024

साफ च्याम्पियनसिपका लागि तयारी अघि बढाउँदै एन्फा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]

October 8, 2024

घटनाको छानबिन र कारवाहीपछि मात्र प्रियांशको परिवारले एन्फाकोआर्थिक सहयोग लिने

काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ‌। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]

Success

Thank you for your time.