6 years ago
May 20, 2018
म्युनिख (एजेन्सी) – जर्मन च्याम्पियन बायर्न म्युनिखलाई निराश पार्दै फ्रान्कफर्टले गए राति जर्मन कपको उपाधि उचालेको छ । फाइनल खेलमा बायर्न ३-१ ले पराजित हुन पुगेको हो ।
फ्रान्कफर्टका लागि आन्टे रेबिकले खेलको एघारौं मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । तर रोबर्ट लेवान्डोस्कीले ५३ औं मिनेटमा बायर्नका लागि गोल फर्काउँदै खेल बराबरीमा ल्याए । आन्टे रेबिकले ८२ औं मिनेटमा फेरी गोल गर्दै टोलीलाई दोस्रो पटक खेलमा अग्रता दिलाए ।
निर्धारित समयको इन्जुरी समयसम्म पनि बायर्न बराबरी गोलको खोजमा थियो । तर मिहाट ग्यासिनोभिचले गोल गर्दै बायर्नलाई निराश बनाएको हो । खेलभरी बायर्नले ७७ प्रतिशत पोजेसन राखेको थियो र २२ प्रहार पनि गरेको थियो । तर फ्रान्कफर्टको डिफेन्सलाई एक पटकभन्दा बढी तोड्न नसक्दा बायर्न खाली हात फर्न बाध्य भयो ।
October 10, 2024
हिमाल खरेल, बिर्तामोड बिर्तामोड नगरपालिका वडा नम्बर ४ ले बिर्तामोडमा अन्तरवडा फुटबल प्रतियोगिताको उपाधि जितेको छ । वडा नं. ५ लाई बिहीवार सडनडेथमा हराउँदै वडा नं. वडा ४ ले उपाधि जितेको हो। निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि भएको टाइब्रेकर पनि बराबर भएको थियो । सडनडेथमा वडा नम्बर ५ लाई ८–७ गोलअन्तरले हराउँदै वडा नम्बर […]
October 8, 2024
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]
October 8, 2024
काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]