default_image

6 years ago

May 20, 2018

रियल स्पेनिस ला लिगामा तेस्रो

32 views

0 Bookmark

भिल्लारियल (एजेन्सी) – रियल म्याड्रिडले तेस्रो स्थानमा रहँदै स्पेनिस ला लिगाको यो सिजनको अन्त्य गरेको छ । शनिबार राति भएको सिजनको आफ्नो अन्तिम खेलमा रियल भिल्लारियलसँग २ – २ को बराबरीमा रोकिएको थियो ।

भिल्लारियलको मैदानमा दुई पटकको अग्रता जोगाउन नसक्दा रियलले बराबरीमा चित्त बुझाउनु परेको थियो । रियलका लागि गारेथ बेल र क्रिस्टियानो रोनाल्डोले गोल गरे । घरेलु टोलीका लागि रोजर मार्टीनेज स्यामुएल कास्टिललेजोले गोल फर्काए ।

११ औं मिनेटमा बेलले गोल गर्दै रियललाई अग्रता लिएको थियो भने रोनाल्डोले ३२ औं मिनेटमा गोल गरे । ७० औं मिनेटमा मार्टीनेजले गोल गर्दै अन्तर घटाए भने खेल सकिन ५ मिनेट बाँकी रहँदा कास्टिललेजोले बराबरी गोल गरे ।

एक खेल कम खेलेका बार्सिलोना र एट्लेटिको म्याड्रिड शीर्ष दुईमा छन् । बार्सिलोनाको ९० र एट्लेटिको ७८ अंक छ । रियलले ३८ खेलबाट ७६ अंक जोडेको छ । ६१ अंक बटुलेको भिल्लारियलले पाँचौ स्थानमा सिजनको अन्त्य गर्यो ।

October 10, 2024

बिर्तामोड अन्तरवडा फुटबलको उपाधि वडा नं.४ लाई

हिमाल खरेल, बिर्तामोड बिर्तामोड नगरपालिका वडा नम्बर ४ ले बिर्तामोडमा अन्तरवडा फुटबल प्रतियोगिताको उपाधि जितेको छ । वडा नं. ५ लाई बिहीवार सडनडेथमा हराउँदै वडा नं. वडा ४ ले उपाधि जितेको हो। निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि भएको टाइब्रेकर पनि बराबर भएको थियो । सडनडेथमा वडा नम्बर ५ लाई ८–७ गोलअन्तरले हराउँदै वडा नम्बर […]

October 8, 2024

साफ च्याम्पियनसिपका लागि तयारी अघि बढाउँदै एन्फा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]

October 8, 2024

घटनाको छानबिन र कारवाहीपछि मात्र प्रियांशको परिवारले एन्फाकोआर्थिक सहयोग लिने

काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ‌। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]

Success

Thank you for your time.