7 years ago
May 20, 2018
लन्डन (एजेन्सी)– चेल्सीले शनिबार एफए कप जितेको छ । म्यानचेस्टर युनाइटेडलाई १–० ले हराउँदै चेल्सीले आठौं पटक एफए कप जितेको हो । इडेन हाजार्डले २२ औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै खेलको निर्णायक बनेको थियो ।
सम्भवत चेल्सी छोड्नु पर्ने अवस्थामा रहेका प्रशिक्षक एन्टोनियो कोन्टेका लागि त्यो उपाधि उपहार हुन सक्दछ । लगातार दोस्रो बर्ष फाइनल खेलेको चेल्सी हाजार्डको गोलले चेल्सीले निराश हुन परेन । गत वर्ष चेल्सी फाइनलमा आर्सनलसँग पराजित भएको थियो ।
फिल जोन्सले पेनाल्टी बक्समा फाउल हानेपछि चेल्सीले पेनाल्टी पाएको थियो । एफए कपको जितेपछि कोन्टेको चेल्सी बसाई असम्भव जस्तै देखिएको छ । प्रिमियर लिगको यो सिजन टोलीले पाँचौं स्थानमा अन्त्य गरेको थियो ।
March 16, 2025
एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतवार जित निकालेको छ। माइकल मेरिनोको पहिलो हाफमा गरिएको हेडर नै खेलकि निर्णायक बन्यो । जितले आर्सनललाई लिगको दोस्रो स्थानमा थप मजबुत बनाएको छ। आर्सनलले चेल्सीलाई १-० ले हरायो । माइकल अर्टेटाको टोलीले पछिल्ला ३ खेलमा जितको स्वाद चाख्न पाएको थिएन । आजको सफलताले आर्सनलले तेस्रो स्थानको नटिङ्घम फरेस्टसँग […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा सहभागी फ्रेन्चाइज टोली झापा फुटबल क्लबले तेस्रो सिजनका लागि बैंकिङ पार्टनरमा हिमालयन बैंकसँग सम्झौता गरेको छ । झापाले आइतबार एक विज्ञप्ति जारी गर्दै सम्झौताबारे जानकारी दिएको हो । दुवै पक्षले नेपाली फुटबलमा खेल भावना अभिवृद्धि गर्ने लक्ष्यसहित यो सहकार्य गरेको बताएका छन् । झापाको एनएसएलमा यो […]
March 16, 2025
सुशील पन्त क्षेत्री,चितवन विभागिय टोली नेपाल पुलिस क्लब चितवनमा जसरी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा नै स्तब्ध भएको छ। रौतहट एफसीले आज पुलिसलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ । अनिता राना मगरको एक मात्र गोलमा पुलिस पराजित भएको हो ।अनिताले ३१ औं मिनेटमा गरेको गोल रौतहटको जितका लागि पर्याप्त बन्यो । खेलमा पुलिसले […]