9 years ago
January 30, 2016
आर्मीलाई १-० को अन्तरले पछि पार्दै लक्ष्मी हुन्डाइ मनाङ्ग मर्श्याङ्गदि क्लब १४औं आहा! रारा कप २०७२को उपाधी जित्न सफल भएको छ ।
पहिलो हाल्फमा मनाङ मर्श्याङ्गदिले पहिले आक्रमण गर्दै खेलमा लय पकडियो । आफिजले गरेको १०औ मिनेटको प्रहार सिधै आर्मीको गोल रक्षक सुशिल श्रीवास्तबले बचाए । त्यस्तै ३२ मिनेटमा टंक बस्नेतको क्रसमा रिजिबको प्रहार बाहिरिदा आर्मीले खेलमा अग्रता लिने मौका गुमायो ।
जवाबी हमलामा सक्रीय रहेको मनाङले ३९ मिनेटमा आफिजको मिसमा अग्रता लिने अवसर गुमायो । आफिजले ६ यार्ड बक्स बाट फ्रेममा प्रहार नगर्दा पहिलो हाल्फ गोल रहित अन्त्य भयो ।
पहिलो हाल्फमा तुलनात्मक रुपमा केहि कम्जोर देखिएको मनाङ दोस्रो हाल्फको सुरुवात देखी आफ्नो खेलमा सुधार देखायो । फल स्वरुप ४९ औ मिनेटमा सुबास गुरुङले क्लिनिकल फिनिस गर्दै मनाङलाई आग्रता दिलाए, सुबास गुरुङको दोस्रो हाल्फको गोल नै निर्णायक साबित भयो ।
१ गोलले पछी परेको आर्मीले खेलमा फर्किन एक पछी अर्को प्रयास गर्यो ।६४औ मिनेटमा टंक बस्नेतले गरेको लामो प्रहार केहि परबाट मात्र बहिरियो । त्यस्तै दिप लामाले ६८औ मिनेटमा गरेको चिप सट किरणले पन्च गर्दै गोल बाट बचाए ।
मनाङ्ले भने काउन्टर एट्याकमा गोल गर्ने मौका गुमाउदै १-० को जितमा सिमित रह्यो ।
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चिनियाँ क्लबसँगको मैत्रीपूर्ण खेलका दौरान खुट्टा भाँचिएका नेपाली युवा टोलीका आशिष राईलाई ३ लाख १५ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ। चिनियाँ नयाँ वर्षको अवसरमा गत महिना दशरथ रंगशालामा भएको खेलमा आशिषको खुट्टा भाँचिएको थियो। पछि उनको खुट्टाको शल्यक्रिया गरिएको थियो। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा शनिवार पुरुष राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले […]
March 15, 2025
एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]