default_image

6 years ago

May 17, 2018

फ्रान्सलाई समस्या, पायेटले विश्वकप गुमाउन सक्ने

45 views

0 Bookmark

लियोन (एजेन्सी) – युरोपा लिगको फाइनलमा चोट बोकेसँगै मार्सेका मिडफिल्डर डिमिट्री पायेटले विश्वकप गुमाउने सक्ने भएका छन् । बुधबार राती भएको खेलमा एथ्लेटिको म्याड्रिडले मार्सेलाई ३-० ले पराजित गर्दै युरोपा लिगको उपाधि जितेको हो ।  

Olympique de Marseille v Club Atletico de Madrid - UEFA Europa League Final

उक्त फाइनलको ३१ औं मिनेटमा ३१ वर्षीय वेस्ट ह्यामका पूर्व खेलाडी पायेटले ह्यामस्ट्रिंगमा चोट बोकेपछि मैदानबाट बाहिरिनु परेको थियो। विश्व कपलाई २८ दिन मात्र बाँकी हुँदा पायेटको यो चोटले उनलाई रुसमा हुने फुटबलको महोत्सवबाट वन्चित गर्नसक्ने बलियो सम्भावना रहेको छ ।

चोटिल भएपछी आशु झार्दै बहिरिएका पायेटलाई मार्सेका खेलाडीसँगै एथ्लेटिको म्याड्रिडका स्ट्राइकर एन्टोनियो ग्रिजमनले समेत सान्तवना दिएका थिए। ग्रिजमान र पायेट फ्रान्सेली टोलीमा सँगै खेल्छन् ।

September 16, 2024

वालिङसँग सुदूरपश्चिमको हार

काठमाडौ (हाम्रो खेलकुद) – वालिङ नगरपालिकाले एन्फा महिला लिगमा सोमवार सुदूरपश्चिम प्रदेशलाई ५-१ ले पराजित गरेको छ । लिगमा सुदुरपश्चिमको यो लगातार पाँचौं हार हो। सातदोबाटोमा स्थित एन्फा कम्प्लेक्समा वालिङलाई जित दिलाउन भिओला नामिडुले ह्याट्रिक गरिन् । जाकलिन नासली र सुस्मा तामाङले समान १ गोल गरिन् ।सुदूरपश्चिम प्रदेशका लागि रितिका कार्कीले १ गोल गरिन् । […]

September 16, 2024

महिला लिग- वालिङ र सुदूरपश्चिम खेल्दै

काठमाडौ (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा आज एक खेल हुँदैछ । सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा वालिङ नगरपालिका र सुदूरपश्चिम प्रदेशबीच खेल हुँदैछ ह । खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । ५ खेलमा ६ अंक सहित वालिङ पाँचौ स्थानमा रहँदा सुदूरपश्चिम समान खेल खेल्दै जित विहीन छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को […]

September 16, 2024

लाकेनले दिल्ली एफसीबाट आई‌ लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर लाकेन लिम्बु आई ( इन्डियन ) लिग टोली दिल्ली एफसीमा आबद्ध भएका छन् । दिल्लीले आफ्नो फेसबुक पेजमार्फत लाकेन क्लबमा‌ आबद्ध भएको जनाएको छ । गत साता नै दिल्ली पुगेका लाकेनले एक सिजनका लागि सम्झौता गरेका छन् । डेढ वर्षअघि भएको सहिद स्मारक ए डिभिजन लिगमा उनी थ्री […]

Success

Thank you for your time.