7 years ago
May 17, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०७४ आज आयोजना हुँदैछ । २०७४ सालमा आफ्नो खेल क्षेत्रबाट अतुलनीय योगदान गरेर नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन मद्दत गर्नुहुने खेलाडी, प्रशिक्षक, खेल अधिकारी वा संस्थालाई सम्मानित गर्ने थलो पल्सर स्पोट्र्स अवार्ड भद्रकालीस्थित आर्मी अफिर्सस क्लबमा दिउँसो ३ः०० बजेबाट सुरु हुने आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ ।
पल्सर स्पोर्टस् अवार्डको १५ औं संस्करणमा विभिन्न आठ विधामा खेलाडी र खेलकर्मीलाई सम्मानित गरिने बताइएको छ । लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट र स्पेशल अवार्डको घोषणा कार्यक्रममै गरिनेछ भने वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा पिपुल्स च्वाइस र प्रशिक्षक विधामा ५–५ खेलाडीको मनोनयन यसअघि नै सार्वजनिक भइसकेको छ । मनोनयमा परेका मध्ये ५ विधामा एक एक जना विजेता घोषित हुनेछन् ।
पिपुल्स च्वाइस विधामा क्रिकेटका सन्दीप लामिछाने, फुटबलका किरण चेम्जोङ, टेबलटेनिसका स्यान्टु श्रेष्ठ, गल्फकी प्रतिमा शेर्पा र भलिबलका मान बहादुर श्रेष्ठ छन् । क्रिकेटका पारस खड्का र सन्दीप लामिछाने, ब्याडमिन्टनका दीपेश धामी, जुडोका इन्द्रबहादुर श्रेष्ठ र गल्फका टंक बहादुर कार्की वर्षका उत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा छन् ।
वर्षको उत्कृष्ट महिला खेलाडीको मनोनयनमा ब्याडमिन्टनकी शोभा गौचन, आर्चरीकी ज्ञानु अवाले, बक्सिङकी विमला श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र टेबलटेनिसकी नविता श्रेष्ठ छन् । त्यस्तै, युवा खेलाडीमा क्रिकेटका सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी, फुटबलका दिनेश हेन्जन, जुडोकी मनिता श्रेष्ठ प्रधान र बक्सिङकी पुनम रावल छन् ।
वर्षका उत्कृष्ट प्रशिक्षकतर्फ क्रिकेटका जगत टमाटा र विनोद दास, फुटबलका छिरिङ लोप्साङ गुरुङ, ब्याडमिन्टनका जयन्त कुमार श्रेष्ठ र बक्सिङका प्रकाश थापामगर मनोनयनमा छन् । वर्षका उत्कृष्ट पुरुष, महिला, पिपुल्स च्वाइस तथा प्रशिक्षकलाई पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । अन्य विधाका विजेतालाई ५० हजार रुपैयाा प्राप्त गर्ने मञ्चले जनाएको छ ।
हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालि मुख्य प्रायोजन तथा डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्यमा हुने पल्सर स्पोर्टस अवार्डलाई सूर्य नेपाल प्रालि, आई।एम।एस।ई प्रालि, आई।एम।एस।ई हाउजिङ, रुस्लान, टी।एच।टी लाईभ ३७७२२, सगरमाथा सिमेन्ट, रोयल सिंगी होटल, टाइमेक्स, साहस स्पोट्र्स, एभिन्युज खबर, इमेजिङ, राष्ट्रिय खेलकूद परिषद र नेपाल ओलम्पिक कमिटिको साथ रहेको बताइएको छ ।
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका पापे अब्दुलाह देकिते सोमवार काठमाडौं आइपगेका छन् । ३२ वर्षिय देकितेले फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबबाट खेलिसकेका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिग खेलेका छन्। उनले भियतनामको टप डिभिजन लिग भि वान लिग समेत खेलेका छन् । देकितेले गत वर्ष […]