default_image

7 years ago

May 17, 2018

एट्लेटिको युरोपा लिगको उपाधि

83 views

0 Bookmark

लियोन (एजेन्सी) –  मार्सेलाई फाइनलमा ३-० ले पराजित गर्दै एट्लेटिको म्याड्रिडले युरोपा लिगको उपाधि जितेको छ। एट्लेटिकोको जितमा एन्टोनियो ग्रिजमानले दुई गोल गरे। 

Griezmann

खेलको २१ औं मिनेटमा फ्रान्सेली क्लब मार्सेका मिडफिल्डर जाम्बो एङ्गुसियाले पोसेसन गुमाएपछि गाबीले ग्रिजमानलाई मिलाएको पासमा उनले बाँया खुट्टाको प्रहार मार्फत गोल गर्दै स्पेनिस क्लबलाई अग्रता दिलाए।

दोस्रो हाफको सुरुआती चौथो मिनेटमा ग्रिजमानले पुनः गोल गर्दै एट्लेटिकोको अग्रता दोब्बर गरे। मिडफिल्डमा बल जित्दै कोकेसँग पास मिलाएका उनले मार्सेका किपर स्टिभ माण्डनामाथि चिप गर्दै उत्कृष्ट गोल गरेका थिए।

खेलमा नियन्त्रण राखेको एट्लेटिकोका लागि ३४ वर्षे स्पेनिस मिडफिल्डर गाबीले ८९ औं मिनेटमा गोल गर्दै एट्लेटिकोको जित सुनिश्चित गरे।

March 18, 2025

‘अञ्जिला’ फिल्म हेर्न एन्फाको अनुरोध

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]

March 17, 2025

एपिएफको जितमा रश्मिको ह्याट्रिक

सुशील पन्त क्षेत्री,चितवन विभागीय टोली एपिएफ फुटबल क्लबले सोमवार चितवनमा जारी राष्ट्रिय महिला फुटबलमा फराकिलो जित निकालेको छ । एपिएफले बागमती युथ क्लबलाई ९-० को फराकिलो जित निकालेको हो । भरतपुर ७ कृष्णपुरमा भएको एफतर्फी खेलमा एपिएफलाई फराकिलो जित दिलाउन रश्मिकुमारी घिसिङले ह्याट्रिक गरिन् । सरु लिम्बु २, रेनुका नगरकोटे, अनिता केसी, गीता राना मगर […]

March 17, 2025

वीरगन्ज युनाइटेडको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले पहिलो जित निकालेको छ । वीरगन्जले श्री कुमारीलाई २-० गोल अन्तरले हरायो । वीरगन्जको जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतो थारूले एक-एक गोल गरे । एन्फा कम्पलेक्समा आज भएको खेलमा वीरगन्जले सुरूवातमा नै अग्रता बनायो । उसको लागि खेलको १२ औं मिनेटमा […]

Success

Thank you for your time.