default_image

7 years ago

May 16, 2018

रूस्लान थ्री स्टार उदयपुर गोल्डकपको फाइनलमा

82 views

0 Bookmark

गाईंघाट (हाम्रो खेलकुद)- रूस्लान थ्री स्टार क्लब उदयपुर गोल्डकपको पाँचौ रमपम उदयपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।


थरुहट रंगशालामा बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा रमपम झापा–११ लाई १–० ले पराजित गर्दै थ्री स्टार प्रतियोगिताको अन्तिम दुईमा पुग्न सफल भएको हो । थ्री स्टारलाई फाइनलमा पुर्याउन विदेशी खेलाडी अजायी मार्टिन्सले दोस्रो हाफमा गरेको एक मात्र गोल नै निर्णायक बन्यो ।

५५ औं मिनेटमा रजिन धिमालले क्रस गरेको बललाई मार्टिन्से हेडमार्फत गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए । त्यसपछि दुवै टोलीले गोल गर्न नसक्दा मार्टिन्सको गोल नै निर्णायक बन्यो । झापा विरुद्ध उत्कृष्ट प्रदर्शन गरेका पिटर सेगुन खेलको म्यान अफ दि म्याच घोषित भए । उनले जनही ७ हजार पाए ।

प्रतियोगिता अन्र्तगत बिहिबार मनाङ–मस्र्याङ्दी क्लब र सुनसरी–११ बीच खेल हुने छ । रमपम उदयपुर गोल्डकपको बिजेताले ५ लाख र उपबिजेताले ३ लाख ५० हजार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैया पाउनेछन् ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.