7 years ago
May 16, 2018
लण्डन (एजेन्सी) – इंग्ल्यान्ड राष्ट्रिय टोलीका प्रशिक्षक ग्यारेथ साउथगेटले विश्वकपका लागि २३ खेलाडीको टोली घोषणा गरेका छन् ।
२३ खेलाडीको सुचीमा नपर्ने ठूला नाममा आर्सनलका ज्याक विल्शेर र पूर्व नम्बर १ जो हार्ट रहेका छन् । त्यस्तै दुई युवा खेलाडी ट्रेन्ट एलेक्जान्डर आर्नोल्ड र रुबेन लफ्टस-चिकले विश्वकप टोलीमा स्थान बनाउन सफल भए ।
इंग्ल्यान्डले जुन १८ मा ट्युनेसिया विरुद्ध आफ्नो विश्वकप अभियान सुरु गर्नु अगाडी जुन २ मा नाइजेरिया र जुन ७ मा कोस्टा रिकासँग मैत्रीपूर्ण खेल खेल्ने छ । समूह ‘जी’मा इंग्ल्यान्ड र ट्युनिसियासहित बेल्जियम र पानामा पनि रहेका छन् ।
इंग्ल्यान्डको २३ सदस्यीय विश्वकप टोली:
गोलकिपर– जोर्डन पिकफोर्ड, ज्याक बटल्यान्ड, निक पोप
डिफेन्डर – कायल वाकर, जोन स्टोन्स, फिल जोन्स, ग्यारी केहिल, केरन ट्रिपियर, ड्यानि रोज, ह्यारी म्याग्वाएर, एस्लि योङ, ट्रेन्ट एलेक्जान्डर आर्नोल्ड
मिडफिल्डर – एरिक डायर, जोर्डन हेन्डरसन, जेसे लिन्गार्ड, फाबियन डेल्फ, डेले अल्ली, रुबेन लफ्टस-चिक
फरवार्ड – ह्यारी केन, जेमि भार्डि, रहिम स्टेर्लिङ, मार्कोस रासफोर्ड, ड्यानि वेल्बेक
March 17, 2025
एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]
March 17, 2025
एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]
March 17, 2025
एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]