default_image

7 years ago

May 16, 2018

एन्फाको घोषणा – ‘ए’ डिभिजन लिग असोजमा सुरु हुने

103 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ‘ए’ डिभिजन पाँच वर्षपछि यो वर्ष आयोजना हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले असोज १३ गतेबाट ए डिभिजन लिग आयोजना गर्ने घोषणा गरेको छ ।

यसअघि एन्फाले पटक पटक आयोजना गर्ने घोषणा गरेपनि हुन सकेको थिएन । कर्मा छिरिङको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएलगत्तै ए डिभिजन लिग आयोजनाको मिति छिट्टै तय गर्ने घोषणा गरेको थियो ।

सोही घोषणा अनुरुप राष्ट्रिय टोलीका पूर्व खेलाडी एवंम् नेपाल पुलिसका पूर्व एआइजी विज्ञानराज शर्माको संयोजकत्वमा लिग कमिटी गरेको थियो । सोही कमिटीले १४ ए डिभजन क्लबका पदाधिकारीसँगको पटक पटकको छलफल पछि लिग आयोजनाको मिति तय भएको बताइएको छ । एन्फा मुख्यालयमा बसेको कमिटिको बैठकले असोज १३ गतेबाट ‘ए’ डिभिजन लिग सुरु गरेर माघ १६ गते सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

लिग कमिटिले एउटा टोलीले कम्तीमा १८ खेलाडी दर्ता गर्नु पर्ने र बढीमा ३५ खेलाडी राख्न पाउने प्राबधान राखेको छ । लिगमा एउटा टोलीले ४ विदेशी खेलाडी अनुबन्ध गर्न पाउने र एकपटकमा मैदानमा ३ खेलाडीलाई उतार्न पाउनेछन । खेलाडी दर्ता प्रक्रिया भदौ १५ बाट सुरु हुने बताइएको छ ।

ए डिभजन लिग २०७० सालयता हुन सकेको छैन । राष्ट्रिय लिगको पछिल्लो पटक २०७२ मा आयोजना भएको थियो । यसपटकको ‘ए’ डिभिजन लिगमा १४ टोलीले प्रतिस्पर्धा गर्नेछन् । लिगमा रुस्लान थ्री स्टार क्लब, लक्ष्मी हुण्डाई मनाङ–मस्र्याङ्दी क्लब, नेपाल पुलिस क्लब, नेपाली एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, जावलाखेल युथ क्लब छन् ।

त्यस्तै फ्रेन्डस् क्लब, संकटा क्लब, मच्छिन्द्र क्लब, सरस्वती युवा क्लब, च्यासल युथ क्लब, न्युरोड टिम (एनआरटी), ब्रिगेड ब्वाइज क्लब हिमालयन शेर्पा क्लबले ए डिभिजनमा प्रतिस्पर्धा गर्नेछन् । च्यासल र एनआरटी ‘बी’ डिभिजन बाट पछिल्लो पटक एमा बढुवा भएको थियो ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.