default_image

6 years ago

May 16, 2018

रोनाल्डो सम्मिलित पोर्चुगलको प्रारम्भिक टोली घोषणा

70 views

0 Bookmark

लिस्बोन (एजेन्सी) – युरोकप च्याम्पियन पोर्चुगलले आगामी रुस विश्वकप २०१८ का लागि आफ्नो प्रारम्भिक ३५ खेलाडीको घोषणा गरेको छ । हिजो प्रशिक्षक फर्नान्डो सान्टोसले आफ्नो छनोट सार्वजनिक गरेका थिए ।

ronaldo portugal green

३५ सदस्य मध्ये अघिल्लो विश्वकपमा सामेल ११ खेलाडी रहेका छन् भने १९ खेलाडीले अघिल्लो वर्षको कन्फेडेरेसन कप खेलका थिए । ३५ नामहरुमध्ये सबैको नजर स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोमै रहेको छ । उनीसहित ब्रुनो आल्भेस, नानी र विलियम विश्व फुटबलमा अनुभवी नामहरु रहेका छन् ।

प्रारम्भिक टोलीमा समावेश नामहरुमा एडर र म्यानुयल फर्नान्डेस रुसमै घरेलु फुटबल खेलिरहेका छन् । पोर्चुगलले आफ्नो पहिलो खेल जुन १५ मा स्पेनसँग खेल्ने छ । त्यस्तै पोर्चुगलले जुन २० मा मोरक्को र जुन २५ मा इरानको सामना गर्ने छ । पोर्चुगलसहित सबै टोलीले अन्तिम २३ सदस्यीय टोली जुन ४ सम्म घोषणा गर्ने छन् ।

पोर्चुगलको प्रारम्भिक टोली

गोलकिपर– एन्थोनी लोपेज, बेटो, रुइ पाट्रिसियो
डिफेन्डर– एन्टुनेस, ब्रुनो एल्भेस, सेड्रिक, जाओ क्यान्सेलो, जोसे फोन्टे, लुइस नेटो, मारियो रुइ, नेल्सन सेमेडो, पेपे, राफायल गुरेरो, रिकार्डो, रोलान्डो, रुबेन डियास
मिडफिल्डर– एड्रियन सिल्भा, आन्द्रे गोमेज, बर्नार्डो सिल्भा, ब्रुनो फर्नान्डेस, जाओ मारियो, जाओ मोउटिन्हो, म्यानुयल फर्नान्डेस, रोनी लोपेस, रुबेन नेभेस, सर्जियो ओलिभियरा, विलियम
फरवार्ड – आन्द्रे सिल्भा, क्रिस्टियानो रोनाल्डो, एडर, गेल्सन मार्टिन्स, गोन्कालो गुएडेस, पौलिन्हो, रिकार्डो क्वारिस्मा

September 16, 2024

वालिङसँग सुदूरपश्चिमको हार

काठमाडौ (हाम्रो खेलकुद) – वालिङ नगरपालिकाले एन्फा महिला लिगमा सोमवार सुदूरपश्चिम प्रदेशलाई ५-१ ले पराजित गरेको छ । लिगमा सुदुरपश्चिमको यो लगातार पाँचौं हार हो। सातदोबाटोमा स्थित एन्फा कम्प्लेक्समा वालिङलाई जित दिलाउन भिओला नामिडुले ह्याट्रिक गरिन् । जाकलिन नासली र सुस्मा तामाङले समान १ गोल गरिन् ।सुदूरपश्चिम प्रदेशका लागि रितिका कार्कीले १ गोल गरिन् । […]

September 16, 2024

महिला लिग- वालिङ र सुदूरपश्चिम खेल्दै

काठमाडौ (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा आज एक खेल हुँदैछ । सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा वालिङ नगरपालिका र सुदूरपश्चिम प्रदेशबीच खेल हुँदैछ ह । खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । ५ खेलमा ६ अंक सहित वालिङ पाँचौ स्थानमा रहँदा सुदूरपश्चिम समान खेल खेल्दै जित विहीन छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को […]

September 16, 2024

लाकेनले दिल्ली एफसीबाट आई‌ लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर लाकेन लिम्बु आई ( इन्डियन ) लिग टोली दिल्ली एफसीमा आबद्ध भएका छन् । दिल्लीले आफ्नो फेसबुक पेजमार्फत लाकेन क्लबमा‌ आबद्ध भएको जनाएको छ । गत साता नै दिल्ली पुगेका लाकेनले एक सिजनका लागि सम्झौता गरेका छन् । डेढ वर्षअघि भएको सहिद स्मारक ए डिभिजन लिगमा उनी थ्री […]

Success

Thank you for your time.