7 years ago
May 16, 2018
सबिन लिम्बु (सेर्मा)
झापा – सनसाइन महिला फुटबल प्रतियोगिता यहि साता सुरु हुने भएको छ । सनसाइन फुटबल क्लब धुलाबारीले महिला खेलाडीलाई प्रोत्साहित गर्ने उद्देश्यका साथ शनिबारदेखि प्रतियोगिता आयोजना गरिएको क्लबकी अध्यक्ष अध्यक्ष अष्मिता खवासले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइन् ।
नकआउटका आधारमा बैशाख १२ गते सम्म चल्ने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । प्रतियोगिता मेचिनगर १५ स्थित ज्यामिरगढी माविको मैदानमा हुनेछ । प्रतियोगिताको विजेताले ५५ हजार र दोस्रो हुने टोलीले ३० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
हरेक खेलको म्यान अफ दी म्याचले १ हजार रुपैयाँ प्राप्त गर्नेछिन् । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछिन् । त्यस्तै विधागत उत्कृष्ट खेलाडीले नगद पुरस्कार प्राप्त गर्ने बताइएको छ । प्रतियोगितामा झन्डै ६ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।
सनसाइन महिला फुटबल प्रतियोगिताका सहभागी टोली
१. जुनतारा एफ सि
२. बाह्रदशी एफसि
३. झापा एफसि
४. जलथल एफसि
५. सतासिधाम स्पोटिङ्ग क्लव
६. पारीजात एफसि
७. कनकाई स्पोर्टस एकाडेमी
८. आयोजक सनसाइन एफसि
February 12, 2025
पोखरा (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब कीर्तिमानी ११ औं पटक आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको पुगेको छ। सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडलाई बुधवार १-० ले पराजित गर्दै पुलिस २४ औं संस्करणको उपाधि नजिक पुगेको हो । पुलिस ५ वर्षपछि फाइनल पुगेको छ। पछिल्लो पटक पुलिस २०७६ मा फाइनल खेलको […]
February 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा ग्रिसबाट आज स्वदेश आइपुग्दै छिन्। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार एन्जिला आज दिउँसो १:०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछिन् । एन्जिला ग्रिसको निस अट्रोमिटौबाट व्यवसायीक फुटबल खेल्दै आएकी छिन् । अर्को साता सुरु हुने इन्टरनेसनल उमन्स च्याम्पियनसिपका लागि उनी […]
February 12, 2025
पोखरा (हाम्रो खेलकुद)- पोखरा रंगशालामा आज अर्को कीर्तिमान बन्नेछ। जारी २४ औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा आज पहिलो सेमिफाइनल हुँदैछ। आहा राराको इतिहासमा त्यो २ सय ५० औं खेल हो। संयोग आहाको सर्वाधिक सफल टोलीमध्येको एक नेपाल पुलिस क्लबले चर्च ब्वाइज युनाइटेडको सामना गर्दैछ। पुलिस र चर्च ब्वाइज अघिल्ला दुई खेल जत्दै सेमिफाइनल […]