default_image

6 years ago

May 16, 2018

हार्ट इङल्याण्डको टोलीमा परेनन्

26 views

0 Bookmark

लण्डन (एजेन्सी) – इङल्याण्डबाट ७५ क्याप जितेका गोलकिपर जो हार्ट रुस विश्वकपका लागि इङ्लिस टोलीमा परेका छैनन्। बिबिसीले जनाए अनुसार ३१ वर्षे हार्ट र २६ वर्षे मिडफिल्डर ज्याक विल्शेयर प्रशिक्षक ग्यारेथ साउथगेटको टोलीमा समावेश हुनेछैनन्। 

hart

जून १६बाट सुरु हुने प्रतियोगिताका लागि इङ्ल्याण्डको  पुरा टोली भने आज सार्वजनिक हुँदैछ। इङल्याण्डका लागि युरो २०१२, विश्वकप २०१४ र युरो २०१६मा गरेर पछिल्लो तीन प्रमुख प्रतियोगितामा मुख्य भूमिका निर्वाह गरेका हार्ट यसपटक भने खराब लयमा रहेका कारण टोलीमा नपर्ने भएका हुन्। यो सिजन प्रिमियर लिगमा म्यानचेस्टर सिटीबाट वेस्ट ह्याममा लोनमा रहँदा उनले १९ खेलमा ३९ गोलको सामना गरे।

विल्शेयर पनि एक पछि अर्को चोटका कारण राम्रो लय समात्न सकेका छैनन्। उनले इङल्याण्डबाट ३४ खेलमा २ गोल गरेका छन्।

इङल्याण्ड बेल्जियम, पानामा र ट्युनेसिया समूह ‘जी’ मा छन्। इङल्याण्डले पहिलो खेल १८ जुनमा ट्युनेसियाविरुद्ध खेल्नेछ।

September 16, 2024

वालिङसँग सुदूरपश्चिमको हार

काठमाडौ (हाम्रो खेलकुद) – वालिङ नगरपालिकाले एन्फा महिला लिगमा सोमवार सुदूरपश्चिम प्रदेशलाई ५-१ ले पराजित गरेको छ । लिगमा सुदुरपश्चिमको यो लगातार पाँचौं हार हो। सातदोबाटोमा स्थित एन्फा कम्प्लेक्समा वालिङलाई जित दिलाउन भिओला नामिडुले ह्याट्रिक गरिन् । जाकलिन नासली र सुस्मा तामाङले समान १ गोल गरिन् ।सुदूरपश्चिम प्रदेशका लागि रितिका कार्कीले १ गोल गरिन् । […]

September 16, 2024

महिला लिग- वालिङ र सुदूरपश्चिम खेल्दै

काठमाडौ (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा आज एक खेल हुँदैछ । सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा वालिङ नगरपालिका र सुदूरपश्चिम प्रदेशबीच खेल हुँदैछ ह । खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । ५ खेलमा ६ अंक सहित वालिङ पाँचौ स्थानमा रहँदा सुदूरपश्चिम समान खेल खेल्दै जित विहीन छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को […]

September 16, 2024

लाकेनले दिल्ली एफसीबाट आई‌ लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर लाकेन लिम्बु आई ( इन्डियन ) लिग टोली दिल्ली एफसीमा आबद्ध भएका छन् । दिल्लीले आफ्नो फेसबुक पेजमार्फत लाकेन क्लबमा‌ आबद्ध भएको जनाएको छ । गत साता नै दिल्ली पुगेका लाकेनले एक सिजनका लागि सम्झौता गरेका छन् । डेढ वर्षअघि भएको सहिद स्मारक ए डिभिजन लिगमा उनी थ्री […]

Success

Thank you for your time.