7 years ago
May 15, 2018
ब्युनर्स आयर्स (एजेन्सी) – रुस विश्वस कपका लागि अर्जेन्टिनाका प्रशिक्षक जोर्ज साम्पोलीले ३५ सदस्य टोली सार्वजनिक गरेका छन् । म्यानचेस्टर सिटीका चोटयुक्त स्ट्राइकर सर्जियो अगुएरो पनि टोलीमा अटाएका छन् । साम्पोलीले अर्को साता २३ सदस्यको अन्तिम टोली छनोट गर्नेछन् ।
त्यस्तै युभेन्टसका स्टार पौलो ड्याबला र इन्टरका माउरो इकार्डीले मार्चका मैत्रीपूर्ण खेलहरु गुमाएपनि यसपटक प्रारम्भिक टोलीमा स्थान पाएका छन् । मार्चमा अर्जेन्टिनाको टोलीमा परेका एथेलेटिको म्याड्रिडका एन्जल कोरिआ र इन्डीपेनडिएन्टेका फ्याब्रिसियो बुस्टोस भने यस पटक साम्पोलीको रोजाईमा परेनन् ।
म्यानचेस्टर सिटीका अगुएरो र इन्टर मिलानका लुकास बिग्लिया भने चोटका बावाजुद टोलीमा समावेश गरिएका छन्।
विश्वकप अगाडी अर्जेन्टिनाले मे २९ मा हाइटीसँग घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेल्दैछ भने जुन ९ मा इजराइलको सामना गर्नेछ। विश्व कपमा अर्जेन्टिना, आइसल्याण्ड, क्रोसिया र नाइजेरिया एकै समूहमा छन् ।
अर्जेन्टिनी टोली :
गोलकिपर : सर्जियो रोमेरो (म्यानचेस्टर युनाइटेड), विल्फ्रेडो काबालेरो (चेल्सी) , नाहुएल गुज्मान (युएएनएल), फ्रान्को अर्मानी (रिभर प्लेट)
डिफेन्डर : ग्याब्रिएल मर्काडो (सेभिया), क्रिस्टियन अन्साल्दी (टोरिनो), एडुएर्डो साल्भियो (बेन्फिका), ज्याभियर मास्सेरानो (हेबाई चाइना फोर्चुंन), निकोलोस ओटामेन्डी (म्यानचेस्टर सिटी), जर्मान पेजेला (फियोरेन्टिना), फेडेरिका फाजियो (रोमा), मार्कोस रोहो (म्यानचेस्टर युनाइटेड), निकोलास ट्याग्लीफिको (आयाक्स), मार्कोस अकुना (स्पोर्टिङ्ग सिपी), रामिरो फ्युनेस मोरी (एभेर्टन)
मिडफिल्डर : मानुएल लान्जिनी (वेस्ट ह्याम ), लियान्द्रो पारेदेस (जेनित), रिकार्डो सेञ्चुरियन (रेसिङ), म्याक्सीमिलियानो मेजा (इन्डीपेनडिएन्टे), लुकास बिग्लिया (मिलान), गुइडो पिजारो (सेभिया), एञ्जो पेरेज (रिभर प्लेट), एभर बनेगा (सेभिया), जियोभानी लो सेल्सो (पिएसजी), रोड्रिगो बाटाग्लिया (स्पोर्टिङ्ग सिपी), एन्जल डी मारिया (पिएसजी), क्रिस्टियन पाभोन (बोका जुनियर्स), पाब्लो पेरेज (बोका जुनियर्स)
फरवार्ड : पौलो ड्याबला (युभेन्टस), डिएगो पेरोटी (रोमा), लियोनल मेस्सी (बार्सिलोना), सर्जियो अगुएरो (म्यानचेस्टर सिटी), गोन्जालो हिगुएन (युभेन्टस), लाउटारो मार्टिनेज (रेसिङ्ग), माउरो इकार्डो (इन्टर)
January 15, 2025
सुमन अधिकारी,बुटवल आयोजक फर्साटिकर फुटबल क्लबले शुद्धोधन गाउँपालिका १२ औँ फर्साटिकर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा नवलपुरको अभिषेक चर्च व्वाइज फुटबल क्लबलाई बुधवार ट्राइबेकरमा पराजित गर्दै फर्साटिकरले उपाधि जितेको हो। निर्धारित ९० मिनेटको खेल २-२ गोलको बराबरी सकिएपछि खेल ट्राइब्रेकरमा गएको थियो । फर्साटिकरले २-० को अग्रता जोगाउन नसकेपछि उपाधिका लागि टाइब्रेकर […]
January 15, 2025
अर्जुन कार्की, बागलुङ जिल्ला प्रहरी कार्यालय बागलुङ र संकल्प पुर्नस्थापना केन्द्र बुधवार बागलुङमा जारी दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रहरीले नेपाली सेनाको श्रीमेहर गणलाई ३-१ र संकल्पले नेपाली सेनाकै नारायण दल गण मुस्ताङलाई ट्राइबेकरमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका हुन् । राष्ट्रिय खेलाडीसहित मैदान उत्रिएको प्रहरीको लागि खेलको पाँचौं […]
January 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एन्फा राष्ट्रिय महिला लिगअन्तर्गत अन्तिम चरणमा विभागीय टोली एपिएफ फुटबल क्लबले बागमती युवा क्लबविरुद्ध सहज जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधवार भएको खेलमा एपिएफले बागमतीलाई ६-० ले हरायो ।एपिएफको जितमा सरु लिम्बु र रश्मिकुमारी घिसिंङले समान २ र प्रीति राईले १ गोल गरिन् । बागमतीले २ आत्मघाती गोल गर्यो […]