default_image

7 years ago

May 15, 2018

मेस्सी युरोपियन गोल्डेन बुट जित्न नजिक

82 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – बार्सिलोनाका स्टार फरवार्ड लियोनल मेस्सीले यस सिजनको युरोपियन गोल्डेन बुट लगभग सुनिश्चित गरेका छन् । १ खेल खेल्न बांकी रहेका मेस्सीको स्पेनिस ला लिगामा ३४ गोल रहेको छ ।
 यस साता इंग्लिस प्रिमियर लिगको अन्त्यसँगै दोस्रो स्थानमा रहेका मोहम्मद सालाहले आफ्नो सिजन ३२ गोलमा अन्त्य गरेका छन् । त्यस्तै तेस्रो स्थानमा रहेका ह्यारी केन (३० गोल) र चौथो स्थानमा रहेका रोबर्ट लेवान्डोस्की (२९ गोल) को पनि आ-आफ्नो सिजन अन्त्य भएको छ ।
२९ गोल नै गरेका सिरो इमोबिलको एक खेल बाकीं रहे पनि उनी अन्तिम खेलमा घाइते रहेका छन् । अब २८ गोलमा रहेका मौरो इकार्डीले इन्टर मिलानको अन्तिम खेलमा जादुयी प्रदर्शन गर्दै ७ गोल गरे र मेस्सीले गोल गर्न नसके मात्र मेस्सी यस सिजन गोल्डेन बुटबाट वञ्चित हुने छन् ।
ला लिगाको सर्वाधिक गोलकर्ताले जित्ने पिचिची उपाधि पनि मेस्सीले नै जित्ने पक्का रहेको छ । मेस्सीको प्रतिस्पर्धी क्रिस्टियानो रोनाल्डोको २५ गोल र लुइस स्वारेजको २४ गोल रहेकाले मेस्सीले आउने साता दुई व्यक्तिगत उपाधि सुनिश्चित गर्ने छन् ।
यस सिजन मेस्सीले सबै प्रतियोगितामा ५३ खेल खेल्दै ४५ गोल र १८ असिस्ट गरेका छन् । बार्सिलोनाले ला लिगाको अन्तिम खेलमा आउने साता रियल सोसियडाडसँग भिड्ने छ ।

March 17, 2025

७० बर्षपछि न्युक्यासललाई पहिलो घरेलु उपाधि

एजेन्सी – न्युक्यासल युनाइटेडले ७० वर्षपछि पहिलो घरेलु उपाधि जितेको‌ छ। वेम्बलीमा आइतवार प्रिमियर लिगको शिर्ष टोली लिभरपुललाई २-१ ले हराउँदै न्युक्यासलले काराबाओ कप जितेको हो । ड्यान बर्न र अलेक्जान्डर इसाकको गोलमा न्युक्यासलले ऐतिहासिक जित निकाल्यो । बर्नले आफ्नो पहिलो इंग्ल्यान्ड टोलीमा छनोट भएको खुसी मनाउँदै पहिलो हाफको इन्ज्युरी समयमा कियरन ट्रिपियर को कर्नरलाई […]

March 17, 2025

बार्सिलोनाको पुनरागमन जित

एजेन्सी – स्पेनिस ला लिगामा तेस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडमाथि बार्सिलोनाले पुनरागमन जित हासिल गरेको छ । सोमवार बिहान सम्पन्न खेलमा बार्सिलोनाले एट्लेटिकोलाई ४-२ ले पराजित गरेको हो । यो जितसँगै बार्सिलोना पुनः शीर्ष स्थानमा उक्लिएको छ । हारसँगै बार्सिलोना तथा रियल मड्रिडसँग अंक दुरी कम गर्ने मौका एट्लेटिकोले गुमाएको छ । एट्लेटिको घरेलु मैदानमा […]

March 17, 2025

युनाइटेडको सहज जितमा फर्नान्डेजको उच्च प्रदर्शन

एजेन्सी – कप्तान ब्रुनो फर्नान्डेजले उच्च प्रदर्शनलाई निरन्तरता दिँदा म्यानचेस्टर युनाइटेडले आइतवार इंग्लिस प्रिमियर लिगमा सहज जित निकालेको छ। फर्नान्डेजले एक गोल आफैले गर्दै एवम् रस्मुस होयलुन्ड र आलेहान्द्रो गार्नाचोका लागि असिस्ट गरेपछि युनाइटेडले लेस्टर सिटीलाई ३-० ले हराएको छ। युनाइटेड लिगका पछिल्ला चार खेलमा अपराजित रह्यो । किंग पावर स्टेडियम मा हारपछि लेस्टरको शीर्ष […]

Success

Thank you for your time.