default_image

6 years ago

May 15, 2018

ब्राजिलद्वारा विश्वकपका लागि अन्तिम टोली छनोट

76 views

0 Bookmark

रियो (एजेन्सी) – ब्राजिल राष्ट्रिय फुटबल टोलीले जुन तेस्रो साताबाट सुरु हुने फिफा विश्वकपका लागि २३ सदस्यीय अन्तिम टोलीको नाम सार्वजनिक गरेको छ ।

प्रशिक्षक टिटेले घोषणा गरेको टोलीमा पेरिस सेन्ट जर्मेनका फरवार्ड नेयमारको पनि नाम रहेको छ । २६ वर्षीय फरवार्ड विगत केहि महिनायता चोटका कारण मैदान बाहिर रहेपनि प्रशिक्षकले टोलीमा समेटेका हुन् । टोलीमा प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीका चार खेलाडी छन् । गोलरक्षक एडरसन, डिफेन्डर ड्यानिलो, मिडफिल्डर फर्नानडीन्हो र फर्व्रद ग्याब्रिएल जेससले टोलीमा स्थान बनाएका छन् । चेल्सीका विलियन र लिभरपुलका रोबर्टो फिर्मिनो पनि टोलीमा अटाए ।

यस्तै एएस रोमा बाट व्यवसायिक फुटबल खेलिरहेका गोलरक्षक एलिसन र कोरिनथियन्सका क्यासिओ पनि टोलीमा छन् । डिफेन्समा रियल म्याड्रिडका मार्सेलोसँगै पिएसजीका थियागो सिल्भा र मार्किन्हस अटाए । यसबाहेक इन्टर मिलानका मिरान्डा, ग्रेमिओका पेड्रो जेरोमेल, एटलेटिको म्याड्रिडका फिलिपे लुइस र कोरिन्थियन्सका फाग्नर छन् ।

neymar brazil

मिडफिल्डमा बार्सिलोनाका फिलिप कोउटिन्हो र पाउलिन्हो, शख्तर डोनेस्कका फ्रेड, रियल म्याड्रिडका क्यासेमिरो, युभेन्ट्सका डग्लस कोस्टा र बेजिङका रेनाटो अगुस्टो छन् । फरवार्डमा शाख्तरका टाइसनले फिर्मिनो, जेसस र नेयमारलाई साथ दिनेछन् ।

चोटका कारण पिएसजीका डिफेन्डर ड्यानी आल्भेसले भने टोलीमा स्थान बनाउन सकेनन् । ब्राजिल विश्वकपको समूह ‘ई’ मा छ । ब्राजिलको समूहमा कोस्टा रिका, सर्बिया र स्विटजरल्यान्ड रहेका छन् ।

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

October 17, 2024

एन्फा महासचिवको तलब १० हजार डलर हुनुपर्छ!

सन्जोग चाम्लिङ राई प्राकृतिक विपत्तिले धेरै जनधनको क्षति भएको सबैलाई विदितै छ । दुर्भाग्य हो, ६ जना बाल फुटबल खेलाडीहरुलाई पनि यसपालीको विपत्तिले छोडेन । उनीहरुको सपनाको पनि मृत्यु भयो । नेपाली फुटबलले सम्भावित राष्ट्रिय टिमको खेलाडीहरु गुमायो । उनीहरुप्रति श्रद्धासुमन । पंक्तिकारमा संशय छैन, एन्फा महासचिवको तलब १० हजार डलर हुनु पर्छ । त्यसैगरी […]

Success

Thank you for your time.