default_image

7 years ago

May 13, 2018

लिभरपुललाई च्याम्पियन्स लिगमा स्थान

66 views

0 Bookmark

लिभरपुल (एजेन्सी) – इङ्लिस प्रिमियर लिग अन्तर्गत ब्राइटनलाई ४-० ले पराजित गर्दै लिभरपुलले आगामी सिजनका लागि च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ। लिभरपुलले लिगमा चौथो स्थानमा सिजन समाप्त गर्दै अर्को सिजन च्याम्पियन्स लिगमा स्थान पक्का गरेको हो। यो सिजन लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा रियल म्याड्रिडको सामना गर्दैछ। 

salah liverpool

लिभरपुलका लागि मोहम्मद सलाह, डेजान लोभ्रेन, डोमिनिक सोलाङ्के र एण्ड्रेउ रोबर्ट्सनले गोल गरे। सलाहले २६ औं मिनेटमा लिभरपुललाई अग्रता दिलाए भने ४० औं मिनेटमा लोभ्रेनले लिभरपुलको अग्रता दोब्बर पारे। दोस्रो हाफमा सोलाङ्केले ५३ औं र रोबर्ट्सनले ८५ औं मिनेटमा गोल गर्दै लिभरपुललाई सहज जित दिलाए।

पाँचौ स्थानमा रहेको चेल्सीभन्दा अंक तालिकामा माथि अन्त्य गर्न लिभरपुललाई बराबरीमात्र काफी थियो। तर चेल्सी न्युकासल युनाइटेडसँग सिजनको अन्तिम खेलमा ३-० ले पराजित भएपछि पाँचौ स्थानमा रहँदै अर्को सिजन च्याम्पियन्स लिगबाट बन्चित भएको हो। चेल्सीले युरोपा लिगमा प्रतिस्पर्धा गर्नेछ।

अन्तिम दिनको अन्य खेलमा आज टोटेनह्यामले लेस्टरलाई हाइ स्कोरिङ खेलमा ५-४ ले पराजित गरेपछि तेस्रो स्थानमा लिग अन्त्य गरेको छ। पहिलो स्थानमा म्यानचेस्टर सिटी, दोस्रोमा युनाइटेड, तेस्रो टोटेनह्याम र चौथो लिभरपुलले अर्को सिजन सोझै च्याम्पियन्स लिगको समूह चरणमा स्थान बनाउने छन्।

त्यस्तै स्वान्सी सिटी, स्टोक र वेस्ट ब्रम इङ्लिस लिगको दोस्रो डिभिजनमा झरेका छन्।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.