default_image

7 years ago

May 13, 2018

मनाङ उदयपुर गोल्डकपको सेमिफाइनलमा,विमलको गोल

88 views

0 Bookmark

गाईघाट (हाम्रो खेलकुद)- विमल रानाको निर्णायक गोलमा लक्ष्मी हुण्डाईं मनाङ–मस्र्याङ्दी क्लब पाँचौ रमपम उदयपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

उदयपुरको सदरमुकामग गाईघाटस्थित थारुहट रंगशालामा आइतबार भएको क्वार्टरफाइनलमा मनाङले आयोजक उदयपुर–११ लाई १–० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । मनाङको जितमा विमल रानाले खेल सकिन ७ मिनेट बाँकी रहँदा गरेको गोल नै अन्तिम चारमा स्थान बनाउन पक्का बन्यो ।

प्रतिस्पर्धात्मक बनेको खेलमा मनाङले गोलका केही सुन्दर मौकाहरु खेर फाल्दा घरेलु टोली उदयपुरले पनि बेला बेला मनाङको पोष्टमा आक्रमण बुनेको थियो । तर, गोल गर्न नसक्दा पराजित हुन पुग्यो । मनाङविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका उदयपुरका रेम्बो चौधरी खेलको म्यान अफ दि म्याच घोषित भए । उनले ७ हजार रुपैया प्राप्त गरे ।

मनाङले यहि महिना दुईवटा फाइनल खेलिसकेको छ । दुवैमा मनाङ पराजित भएको थियो । माइभ्याली गोल्डकपको फाइनलमा थ्री–स्टारसँग पराजित भएको मनाङ चार दिनअघि भएको दमक गोल्डकपको फाइनलमा नेपाल पुलिस क्लबसँग पराजित भएको थियो ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.