default_image

6 years ago

May 13, 2018

‘नोएरले विश्वकपमा मौका पाउनुपर्छ’ – लेहम्यान

53 views

0 Bookmark

म्युनिख (जर्मनी) – जर्मनी राष्ट्रिय टोलीका पूर्व गोलरक्षक जेन्स लेहम्यानले भर्खरै चोटबाट फर्किएका गोलरक्षक म्यानुएल नोएरलाई विश्वकपमा मौका दिनुपर्ने अभिव्यक्ति राखेका छन् ।

neuer germany

गत सेप्टेम्बरमा खुट्टामा चोट बोकेपछि मैदानबाहिर रहेका नोएर जर्मनीले चार वर्षअघि ब्राजिलमा विश्वकप जित्दा उत्कृष्ट गोलरक्षक रहेका थिए । सेप्टेम्बरयता क्लब टोली बायर्न म्युनिखका लागि नखेलेका नोएरले प्रशिक्षणमा भने पुनरागमन गरिसकेका छन् । ३२ वर्षीय गोलरक्षक त्यसअघि रुपमा राष्ट्रिय टोलीबाट खेल्दै आएका थिए ।

राष्ट्रिय टोलीबाट ६१ पटक खेलेका पूर्वगोलरक्षक लेहम्यानले नोएर विश्वकपमा सहभागी भएको हेर्न उत्सुक रहेको बताए । तर त्यसका लागि उनले अर्को साता हुने डीएफबी-पोकालको फाइनलमा आफ्नो फिटनेस सिद्ध गर्नुपर्नेछ । ‘राष्ट्रिय टोलीले उनलाई जतिसक्दो लामो समयसम्म कुर्नुपर्ने छ । यदि उनले कप फाइनल र दुई मैत्रीपूर्ण खेलमा फिटनेस देखाउन सके भने त्यो टोलीको लागि निकै राम्रो हुनेछ । उनले अस्ट्रिया र सर्बियासँगको मैत्रीपूर्ण खेल खेल्नैपर्ने हुन्छ,’ उनले भने ।

लेहम्यानले नोएरलाई समूह चरणका खेलमा विश्राम दिने पक्षको भने आलोचना गरे । प्रशिक्षक लोले समूह चरणमा नोएरलाई विश्राम दिएर नकआउटमा खेलाउनु पर्छ भन्ने अभिव्यक्ति पनि अन्यबाट सुनिएको थियो । ‘यदि हामीले नकआउटसम्म उनलाई समय दियौं भने उनी ५० प्रतिशत मात्र तयार हुन्छन् । त्यो विश्वकपका लागि उपलब्धि पाउन उचित हुन्न,’ लेहम्यानले सुनाए । उनले नोएर अनुपस्थित भएको अवस्थामा बार्सिलोनाका मार्क आन्देर टेर स्टेगन राम्रो विकल्प रहेको बताए ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.