default_image

6 years ago

May 12, 2018

सेल्टाविरुद्ध रोनाल्डो र रामोस नखेल्ने

44 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडको घरेलु मैदान सेन्टीएगो बर्नेबाउमा सेल्टा भिगोलाई निम्त्याउँदा क्रिस्टियानो रोनाल्डो र सर्जियो रामोस रियलको टोलीमा हुने छैनन्। बर्नेबाउमा यो सिजनको अन्तिम ला लिगा खेल हो। 

ronaldo ramos

एल क्लासिकोको पहिलो हाफमा चोट बोकेका क्रिस्टियानो रोनाल्डो त्यस खेल यता प्रशिक्षणमा छैनन्। त्यस्तै प्रशिक्षक जिनेदिन जिदानले रामोसलाई पनि विश्राम दिने भएका छन्। रियलले च्याम्पियन्स लिगको फाइनलमा लिभरपुलको प्रतिस्पर्धा गर्दैछ। रोनाल्डो फाइनल खेलसम्म फिट भैसक्नेमा रियलका प्रशिक्षक जिदान विश्वस्त छन्।

सेल्टासँगको खेलमा इसको भने चोटपछि पुन फर्कनेछन्। उनी जिदानले सार्वजनिक गरेको टोलीमा समावेश छन्।

गोलकिपर : नाभास, कासिला, लुका

डिफेन्डर : भालेजो, भारान, नाचो, मार्सेलो, थियो, आर्च्राफ

मिडफिल्डर : क्रुस, मोड्रिच, कासामीरो, असेन्सियो, इसको, कोभाकिच

स्ट्राइकर : बेन्जेमा, बेल, लुकास भास्केस, मायोरल

October 10, 2024

बिर्तामोड अन्तरवडा फुटबलको उपाधि वडा नं.४ लाई

हिमाल खरेल, बिर्तामोड बिर्तामोड नगरपालिका वडा नम्बर ४ ले बिर्तामोडमा अन्तरवडा फुटबल प्रतियोगिताको उपाधि जितेको छ । वडा नं. ५ लाई बिहीवार सडनडेथमा हराउँदै वडा नं. वडा ४ ले उपाधि जितेको हो। निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि भएको टाइब्रेकर पनि बराबर भएको थियो । सडनडेथमा वडा नम्बर ५ लाई ८–७ गोलअन्तरले हराउँदै वडा नम्बर […]

October 8, 2024

साफ च्याम्पियनसिपका लागि तयारी अघि बढाउँदै एन्फा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]

October 8, 2024

घटनाको छानबिन र कारवाहीपछि मात्र प्रियांशको परिवारले एन्फाकोआर्थिक सहयोग लिने

काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ‌। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]

Success

Thank you for your time.