7 years ago
May 12, 2018
गाईघाट (हाम्रो खेलकुद)– रमपम झापा ११ ले पाँचौं रमपम उदयपुर गोल्ड कप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । थारुहट उदयपुर रंगशालामा रुपन्देही ११ लाई शनिबार १–० ले हराउँदै झापा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
झापाका लागि कर्ण लिम्बुले ७४ औं मिनेटमा गोल गरेका थिए । झापाका छिरिङ गुरुङ खेलको म्यान अफ दी म्याच घोषित भए र उनले ७ हजार रुपैयाँ प्राप्त गरे । रुस्लान थ्री स्टार क्लब र मोरङ ११ बीचको विजेतासँग झापाले जेठ २ गते सेमिफाइनल खेल्नेछ ।
प्रतियोगितामा आइतबार लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी र उदयपुर ११ बीच प्रतिस्पर्धा हुनेछ । मनाङले यहि महिना दुईवटा फाइनल खेलिसकेको छ । दुवैमा मनाङ पराजित भएको थियो । माइभ्याली गोल्डकपको फाइनलमा थ्री स्टारसँग पराजित भएको मनाङ तीन दिनअघि भएको दमक गोल्डकपको फाइनलमा नेपाल पुलिस क्लबसँग पराजित भएको थियो ।
उदयपुर गोल्डकपमा आइतबारको खेल
मनाङविरुद्ध उदयुर ११
February 12, 2025
पोखरा (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब कीर्तिमानी ११ औं पटक आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको पुगेको छ। सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडलाई बुधवार १-० ले पराजित गर्दै पुलिस २४ औं संस्करणको उपाधि नजिक पुगेको हो । पुलिस ५ वर्षपछि फाइनल पुगेको छ। पछिल्लो पटक पुलिस २०७६ मा फाइनल खेलको […]
February 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा ग्रिसबाट आज स्वदेश आइपुग्दै छिन्। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार एन्जिला आज दिउँसो १:०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछिन् । एन्जिला ग्रिसको निस अट्रोमिटौबाट व्यवसायीक फुटबल खेल्दै आएकी छिन् । अर्को साता सुरु हुने इन्टरनेसनल उमन्स च्याम्पियनसिपका लागि उनी […]
February 12, 2025
पोखरा (हाम्रो खेलकुद)- पोखरा रंगशालामा आज अर्को कीर्तिमान बन्नेछ। जारी २४ औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा आज पहिलो सेमिफाइनल हुँदैछ। आहा राराको इतिहासमा त्यो २ सय ५० औं खेल हो। संयोग आहाको सर्वाधिक सफल टोलीमध्येको एक नेपाल पुलिस क्लबले चर्च ब्वाइज युनाइटेडको सामना गर्दैछ। पुलिस र चर्च ब्वाइज अघिल्ला दुई खेल जत्दै सेमिफाइनल […]