default_image

7 years ago

May 12, 2018

स्ट्रिट चाइल्ड वल्डकपमा नेपालको विजयी सुरुवात

55 views

0 Bookmark

मस्को (हाम्रो खेलकुद) – सडक बालबालिकाको विश्वकप फुटबलमा नेपालले विजयी शुरुआत गरेको छ ।


रुसको मस्कोमा शुक्रबारदेखि सुरु भएको स्ट्रिट चाइल्ड वल्र्डकप ‘द फ्युचर डिपेन्डस् अन यू’ को दोस्रो दिन शनिबार नेपालले केन्यालाई २–० ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको हो । नेपालको जितमा पवन शाही र सन्तोष खत्रीले गोल गरेका थिए ।

नेपाल रहेको समूह ‘डी’ मा नेपाल र केन्यासँगै ताजिकिस्तान छन् । अब ताजिकिस्तानलाई पराजित गरे नेपाल अर्काे चरणमा प्रवेश गर्नेछ ।

प्रतियोगितामा सहभागी १२ देशलाई ४ समूहमा बिभाजन गरिएको छ । हरेक समूहका दुई टोलीले क्वार्टरफाइनलमा स्थान बनाउनेछन् । यस्तोमा नेपालको नकआउट प्रबेश सम्भावना बलियो बनेको छ ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.