default_image

6 years ago

May 12, 2018

ब्राजिलका ड्यानी अाल्भेसले विश्वकप गुमाउने

55 views

0 Bookmark

पेरिस (एजेन्सी) – ब्राजिलको राष्ट्रिय फुटबल टोलीका सदस्य एवं पेरिस सेन्ट जर्मनका राइट ब्याक ड्यानी अाल्भेसले चोटका कारण म विश्वकप गुमाउने भएका छन् । घुँडाको चोट बोकेका अाल्भेसले लिगको अन्तिम चरण खेल्न नसकेपनि विश्वकपमा ठिक हुने सम्भावना रहेको थियो ।

ब्राजिलको राष्ट्रिय टोलीबाट झण्डै एक दशकदेखि नियमित खेल्दै अाइरहेका अाल्भेसको अनुपस्थितिले टोलीलाई ठूलो घाटा पुगेको छ । उनले विश्वकपमा ब्राजिलका लागि सुरुवाती रोजाइबाट खेल्ने लगभग तय थियो । ३५ वर्षीय आल्भेसले देशका लागि हालसम्म १ सय ७ खेल खेलिसकेका छन् ।

फ्रेन्च कपको फाइनलदौरान चोट बोकेका आल्भेसको चोट सामान्य भनेपनि स्क्यान गरेपछि उनको एसीएलको शल्यक्रिया गर्नुपर्ने भएको हो । ब्राजिलले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘आल्भेसले शुक्रबार  थप स्क्यान गरेपछि उनको एसीएलमा चोट पुगेको थाहा भएको छ । अब उनले शल्यक्रिया गरेर चोटको उपचार गर्नेछन् । ब्राजिलको प्राविधिक टोली उनलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।’

ब्राजिलले जुन तेस्रो साताबाट सुरु हुने विश्वकपको पहिलो खेलमा स्विटजरल्यान्डको सामना गर्नेछ । आल्भेसले नखेल्ने पक्का भएसँगै उनको स्थानमा को खेल्ने भन्ने उत्सुकताको विषय बनेको छ । ब्राजिलले उनको स्थानमा म्यानचेस्टर सिटीका ड्यानिलो, बायर्न म्युनिखका राफिन्हा, युभेन्टसका एलेक्स स्यान्ड्रो र कोरिन्थियन्सका फाग्नर लेमोस मध्ये एकजनालाई उतार्ने सम्भावना प्रवल छ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.