default_image

10 years ago

August 5, 2015

चेसुङ वाइन कर्पोरेट फुटसल सम्पन्न बुद्ध एयरलाई उपाधि

179 views

0 Bookmark

काठमाडौं
९ साउन
बुद्ध एयरले चेसुङ वाइन कर्पोरेट फुटसलको उपाधि शनिवार जितेको छ ।बिकास रायमाझीको ह्याट्रिकको मद्दतमा बुद्ध एयरले इन्भेष्टमेन्ट बैंकमाथी ५–४को रोमान्चक जित निकाल्यो । अन्य गोल भरतकुमार बुढाथोकी र सिद्धार्थबहादुर सिंह रहेका थिए । इन्भेष्टमेन्ट बैंकका तर्फबाट नरेन्द्र रोकाले २गोल तथा नारायण बिक्रम पाण्डे र समिरराज भण्डारीले समान एक–एक गोल गरेरकाथिए । तेश्रो स्थानको लागि भएको खेलमा सिभिल बैंकले सनराईज बैंकलाई ५–०ले पराजित गऱ्यो । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने विजेताटिमहरुले आकर्षक शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका थिए । प्रथम हुने टिमका ९ जना खेलाडीको जोडीलाई धुलिखेल लज रिसोर्टमा नाइट स्टेको साथै
अन्य गीफ्ट ह्याम्पर प्राप्त गरेका थिए । दोस्रो हुने टिमका ९ जना खेलाडीले होटल सांग्रिलामा फ्राईडे नाइट वारविक्यु डिनर लगायतअन्य गीफ्ट ह्याम्पर प्रदानगरिनछ ।

चेसुङ वाइन कर्पोरेट फुटसल सम्पन्न; बुद्ध एयरलाई उपाधि
फाईनल खेलमा ३ गोल गर्ने बुद्ध एयरका बिकास रायमाझी उत्कृष्ट खेलाडी चुनिए। उनले काठमाडौं मलेशिया काठमाडौंको एअर एसियाको टिकट, बन्दीपुर माउन्टेन रिसोर्टमा १ कपलको लागि नाइट स्टे, अन्य गीफ्ट ह्याम्पर प्राप्त गरे। प्रतियोगितामा हाईस्कोरर सनराईज बैंकका रोशन लामा भए । हाइस्कोररको जोडीलाई बुद्ध एअरबाट उपलव्ध भएको माउन्टेन फ्लाइटका साथै अन्य गीफ्ट ह्याम्पर प्राप्त गरे । उत्कृष्ट डिफेन्स एनएमबी बैंकका सगुन लामा चुनिए। बिष्ट डिफेन्सको उपाधि भने सिभिल बैंकका अभय लामाले जिते । दुवैका कप
जोडीका लागि बन्दीपुर माउन्टेन रिसोर्टमा नाइट स्टेको साथै अन्य गीफ्ट ह्याम्पर उपलब्ध गरिएको थियो। बिजेता टिमलाई प्रमुख अतिथि एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत एके अहलुवालीया, बिशेष अतिथि मुख्य प्रायोजक तीनजुरे वाईन प्रालीका अध्यक्ष मोहन बिक्रम लामा, आयोजक थ्रि आर विजनेस इंक प्रा. लि.प्रबन्धनिर्देशक रसिन खड्काले पुरस्कृत गरेका थिए । समापन समारोहमा क्याट्रिङ ब्यवसायी संघका उपाध्यक्ष बिष्णु प्रसाद भण्डारी,शेरबहादुर स्मृति प्रतिष्ठानका अध्यक्ष रन्जन खड्कालगायतको उपस्थिति रहेको थियो । प्रतियोगितामा १७ टिमको सहभागिता रहेको थियो ।

March 29, 2025

एनएसएल सुरु हुँदै – दुई विजेता खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण आज सुरु हुँदैछ। संयोग पहिलो संस्करणमा जस्तै यसपटक पनि ललित सिटी एफसी र काठमाडौं रजर्सबीच उद्घाटन खेल हुँदैछ। ललितपुर साविक विजेता र रेजर्स पहिलो संस्करणको विजेता हो। यी दुई‌टोली‌ बीच अघिल्ला दुवै संस्करणमा समान २ पटक भेट भएको थियो। ४ मध्ये रेजर्सले ३ र ललितपुरले […]

March 29, 2025

बुटवलमा महिला फुटबल हुने

बुटवल (हाम्रो खेलकुद)- रुपन्देहीमा प्रीति प्रथम उप मेयर कप नकआउट फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । बिस पचहत्तर युवा परिवारको आयोजना चैत २३ गते सुरु हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ। एसियन थाई फुट प्रालिको (प्रीति) मुख्य प्रायोजक तथा बुटवल उपहानगरपालिकाको संरक्षकत्वमा हुने प्रतियोगितामा नेपाल र भारतको १ सहित ८ टोलीको सहभागिता […]

March 28, 2025

एनएसएलको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- एनसेल नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण भोलि दशरथ रंगशालामा सुरु हुँदैछ। नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) को आयोजनामा हुने एनएसएलले नेपाली फुटबलमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ। सहभागी टोलीहरूले पनि उच्च प्रतिस्पर्धात्मक खेल प्रस्तुत गर्न पूर्ण रूपमा तयार रहेको बताएका छन्। एनएसइएमका प्रबन्ध निर्देशक श्रेयांश कार्कीले एनएसएलको सफलताको […]

Success

Thank you for your time.