default_image

7 years ago

May 11, 2018

पुलिसलाई दमक गोल्ड कप, मनाङ फेरि फाइनलमा पराजित

125 views

0 Bookmark

दमक (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबले दमक गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीलाई शुक्रबार १–० ले हराउँदै पुलिसले बर्षको पहिलो उपाधि जितेको हो ।

मनाङले भने लगातार दोस्रो गोल्ड कपमा दोस्रो स्थानमा चित्त बुझाउनु परेको छ । केहि दिनअघि इलाममा भएको माइभ्याली गोल्ड कपमा पनि मनाङ फाइनलमा रुस्लान थ्री स्टार क्लबसँग १–० अन्तरले नै पराजित भएको थियो ।

दमक बहुमुखी क्याम्पसको मैदानमा भएको खेलमा रजिन सुब्बाले गरेको गोल नै खेलको निर्णायक बनेपछि पुलिस उपाधि जित्न सफल भएको हो । रेजिनले खेल सकिन २ मिनेट बाँकी रहँदा हेडमार्फत गोल गरेका थिए ।

उपाधिसहित पुलिसले १३ लाख ११ हजार रुपैयाँ प्राप्त गर्यो भने मनाङले ६ लाख ११ हजार रुपैयाँ प्राप्त गर्यो । पुलिस र मनाङ दुवैले गत बर्ष समान २ उपाधि जितेका थिए भने त्रिभुवन आर्मी क्लबले ७ र थ्री स्टारले ५ वटा उपाधि जितेको थियो ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.