default_image

6 years ago

May 11, 2018

दमक गोल्डकप फाइनल – मनाङ र पुलिस बर्षको पहिलो उपाधिका लागि भिड्दै

43 views

0 Bookmark

दमक (हाम्रो खेलकुद) — गत वर्ष समान २ नकआउट उपाधि जितेका लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी र नेपाल पुलिस क्लब बर्षको पहिलो नकआउट उपाधिका लागि आज दमक गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा भिड्दैछन् ।

मनाङ टोली । फाइल तस्बिर

मनाङ भने यो वर्ष दोस्रो फाइनल खेल्दैछ । यसै महिना टोलीले इलामको माइभ्याली गोल्ड कपको फाइनल खेलको थियो । जहाँ मनाङ रुस्लान थ्री स्टार क्लबसँग पराजित भएको थियो ।

दमकमा टोलीले उच्च प्रदर्शन गरिरहेकोले यसपटक उपाधि जित्नेमा मनाङका विदेशी प्रशिक्षक फुजा टोपे आशावादी छन् । गत वर्ष पुलिसलाई आहा रारा गोल्ड कप र राखेप च्याम्पियनसिप जिताएका प्रशिक्षक अनन्त थापा आफ्नो टोली जित्ने दाबी गरे ।

पुलिससँग राष्ट्रिय टोलीका नम्बर १ गोलकिपर किरण चेम्जोङ रहेकाले पनि प्रशिक्षक थापाको मनोबल बढेको छ । थापाले भने ,’अहिले हामी जस्तो टोलीसँग पनि प्रतिस्पर्धा गर्न सक्षम छौं ।’ हाम्रो टिम जस्तोसुकै टिमसँग प्रतिस्पर्धा गर्न समक्ष देखिएको छ ।’ यहि प्रतियोगितामात्र पुलिसबाट खेलेका किरणले नेपाली क्लबमा पुलिसका खेलाडीबीच उत्कृष्ट तालमेल रहेको जनाउँदै फिनिसिङमा केही समस्या रहेको बताउँछन् ।

Nepal Police Club

पुलिस क्लबका खेलाडी । फाइल तस्बिर

पुलिसका कप्तान कप्तान हेम तामाङले भने फिनिसिङमा ध्यान दिने बताउँछन् । उनले भने,‘ हामीले यहाँ राम्रो खेलिरहेका छौं । त्यसैलाई फाइनलमा जारी राख्नु पर्दछ । मनाङका कप्तान विराज महर्जनले अघिल्ला खेलहरुको कमजोरीमा सुधार गर्ने बताउँछन् । मनाङले गत वर्ष जेसिज कप र दुवही गोल्ड कपको उपाधि जितेको थियो ।

मनाङ त्रिभुवन आर्मी क्लबलाई टाइब्रकेरमा र पुलिसले एपिएफलाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका थिए । प्रतियोगिताको विजेताले १३ लाख ११ हजार र दोस्रो हुने टोलीले ६ लाख ११ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

October 1, 2024

आयोजकको जितसँगै झरना रनिङशिल्डको सेमिफाइनल समिकरण पूरा

सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी ३६ औ झरना रनिङशिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । अब फाइनल प्रवेशको लागि आयोजक झरना स्पोर्टस क्लब र गोर्खा ब्वाइज स्पोर्टस क्लबबीच प्रतिस्पर्धात्यस्तै अर्को सेमिफाइनल लिस्नु युवा क्लब र जनज्योति युवा क्लबबीच हुनेछ । मंगलवार भएको अन्तिम क्वाटरफाइनलमा झरनाको‌ जितसँगै समिकरण पूरा भएको हो। स्वर्गिय खगी गुरुङसेनीको […]

October 1, 2024

रोनाल्डो र मानेको गोलमा नासरको जित

एजेन्सी – क्रिस्टियानो रोनाल्डोले गोल गरेको खेलमा साउदी अरेबियाको अल नासरले एएफसी च्याम्पियन्स लिग एलिटको समूहचरणको खेलमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ । कतारको अल रेयान क्लबलाई नासरले सोमवार भएको खेलमा २-१ ले पराजित गरेको छ । अल अवाल पार्क रियादमा भएको खेलमा नासरलाई जिताउन साडियो माने र रोनाल्डोले गोल गरे । रेयानका लागि […]

September 30, 2024

एन्फा भन्छ- ‘६ युवा खेलाडीको स-सम्मान अन्त्येष्टि गरिनेछ’

काठमाडौं (हाम्रो खेलकुद)- वर्षाका कारण आएको पहिरो परि मृत्यु भएका एन्फा एकेडेमी सिस्नेरीका ६ युवा खेलाडीको अन्तिम संस्कारका लागि प्रक्रिया अघि बढाइएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। असोज ११ र १२ गतेको वर्षाका कारण मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नं ३ स्थित श्री वात्सल्य देवी उच्च माविको प्रशिक्षण केन्द्रबाट सुरक्षित स्थानतर्फ जाँदै […]

Success

Thank you for your time.