default_image

6 years ago

May 11, 2018

टुरेको बार्सिलोना फर्कने आशा

37 views

0 Bookmark

म्यानचेस्टर (एजेन्सी) – म्यानचेस्टर सिटीबाट ८ वर्षको यात्रापछि बिदा हुने तयारीमा रहेका मिडफिल्डर याया टुरेले बार्सिलोना फर्कने आशा देखाएका छन् । सन् २०१० मा बार्सिलोना छाडेका टुरेले फेरी मौका पाएको खण्डमा बार्सिलोना जाने बताएका हुन् । 

‘ म बार्सिलोना जान पनि सक्छु ।  यदि बार्सिलोनाले बोलायो भने अवश्य पनि, अहिलेको उत्कृष्ट टिम बार्सिलोना हो ।  मैले मेस्सी र इनिएस्टासँग खेलेका पलहरु मिस गरिरहेको छु,’ उनले थपे,’ बार्सिलोना मेरो करियरको महत्त्वपूर्ण समय थियो ।  बार्सिलोनाले मलाई कसरि खेल्ने भन्ने सिकायो ।  मैले त्यहाँ बटुलेको अनुभव र ज्ञानले मैले राम्रो प्रदर्शन गर्न सकेको हुँ । ‘

सिटी छाडेर अन्यत्र भविष्य खोजिरहेका टुरेका लागि बार्सिलोना छाड्नु उत्तम निर्णय हुनेछ ।  करियरको अन्त्यतिर नजिकिंदै गर्दा फेरी बार्सिलोनामा लियोनेल मेस्सीसँग खेल्न पाउनुले उनलाई पनि राम्रो बिदाइ हुन्छ ।  यद्यपी बार्सिलोनामा अहिले उक्त पोजिसनमा टुरेलाई खेलाउन सक्ने स्थिति छैन ।  उनले त्यहाँ गएर पाँचौ मिडफिल्डरको भूमिकामा बस्नुपर्ने छ । यसैकारण दुवै पक्षले यस ट्रान्सफरका लागि मिहिनेत नगर्ने देखिन्छ ।

October 10, 2024

बिर्तामोड अन्तरवडा फुटबलको उपाधि वडा नं.४ लाई

हिमाल खरेल, बिर्तामोड बिर्तामोड नगरपालिका वडा नम्बर ४ ले बिर्तामोडमा अन्तरवडा फुटबल प्रतियोगिताको उपाधि जितेको छ । वडा नं. ५ लाई बिहीवार सडनडेथमा हराउँदै वडा नं. वडा ४ ले उपाधि जितेको हो। निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि भएको टाइब्रेकर पनि बराबर भएको थियो । सडनडेथमा वडा नम्बर ५ लाई ८–७ गोलअन्तरले हराउँदै वडा नम्बर […]

October 8, 2024

साफ च्याम्पियनसिपका लागि तयारी अघि बढाउँदै एन्फा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]

October 8, 2024

घटनाको छानबिन र कारवाहीपछि मात्र प्रियांशको परिवारले एन्फाकोआर्थिक सहयोग लिने

काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ‌। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]

Success

Thank you for your time.