6 years ago
May 10, 2018
पेरिस (एजेन्सी)– विश्व कीर्तिमानी रकममा पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका नेयमार पुनः फ्रान्स फर्कन इच्छुक नरहेको बताइएको छ । उनका बाबुले पनि छोरालाई स्पेनिस जाइन्ट रियल म्याड्रिडमा आबद्ध गराउने प्रयास थालिसकेका छन् ।
नेयमारका बाबुले एजेन्ट पिनी जाहाभीलाई केहि साताअघि पेरिसमा भेट्ने योजना बनाएका थिए । मार्काका अनुसार ब्राजिलियन सुपर स्टार नेयमार रियलनै जान चाहिरहेका छन् । रियलका प्रतिनिधिले पनि केहि साताअघि नेयमारसँग दुई पटक भेट भएको बताइसकेका छन् ।
फ्रान्सेली सञ्चारमाध्यम लिविरेसनका अनुसार नेयमार इङ्ल्यान्ड जान इच्छुक छैनन्, बार्सिलोना जाने वा बायर्न म्युनिखप्रति पनि उनको रुचि छैन । त्यसले उनका लागि एकमात्र विकल्पका रुपमा विश्वकै सफल फुटबल क्लब रियल हो ।
पिएसजीबाट सहज बर्हिगमनका लागि जाहाभी एउटा बलियो माध्यम भएको बताइएको छ । रियल पनि नेयमारलाई भित्राउन इच्छुक रहेको छ । नेयमार पनि क्रिस्टियानो रोनाल्डोसँग खेल्ने पखाईमा छन् भने त्यो विषय रियलको बोर्डमा समेत पुगिसकेको छ ।
October 10, 2024
हिमाल खरेल, बिर्तामोड बिर्तामोड नगरपालिका वडा नम्बर ४ ले बिर्तामोडमा अन्तरवडा फुटबल प्रतियोगिताको उपाधि जितेको छ । वडा नं. ५ लाई बिहीवार सडनडेथमा हराउँदै वडा नं. वडा ४ ले उपाधि जितेको हो। निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि भएको टाइब्रेकर पनि बराबर भएको थियो । सडनडेथमा वडा नम्बर ५ लाई ८–७ गोलअन्तरले हराउँदै वडा नम्बर […]
October 8, 2024
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]
October 8, 2024
काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]