7 years ago
May 10, 2018
काठमाडौं (हाम्रो खेलकुद)– सामान्यता नेपाली खेलाडीले सुरक्षाका लागि बर्र्डीगार्ड राख्ने चलन छैन । तर, राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङले भने आफ्नो सुरक्षाका लागि बर्डीगार्ड राखेका छन् । यद्दपी उनले सुरक्षा चुनौतीका कारण भन्दा पनि समर्थकहरु लाग्ने भिडलाई व्यवस्थापन गर्न सहयोगी राखेको बताएका छन् ।
अहिले उनी नेपाल पुलिस क्लबका लागि दमक गोल्डकप फुटबल प्रतियोगितामा भाग लिइरहेका छन् । पुलिस दमक गोल्डकपको फाइनल पुगेको छ । उनले पुलिसका लागि २ खेल खेलिसकेको छन् । शुक्रबार पुलिसले लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबको सामना गर्नेछ । ‘सेमिफाइनलमा समर्थकको अइरोले मलाई निकै कठिन भयो । पुलिसले नै स्कटिङ गर्नुपर्ने अवस्था आयो,’ किरणले हाम्रो खेलकुदसँग भने, ‘भिडमा यता उता हुँदा लथालिङ्गै जस्तो हुने । ब्यागकता सामान कता हुने । थेग्नै गाह्रो भएकोले आफ्नो रेखदेखका लागि भनेको हुँ ।’
किरणले फाइनलमा झन कठिन होला भन्ने अनुमानमा आफ्नो रेखदेखका लागि बर्डीगार्ड राखेका हुन् । ‘यो भाई यता प्राय मैसँग हुन्छ ,’ उनले थपे, ‘अब पनि मैसँगै रहन्छ । समर्थकहरुको एकदम माया गर्नुहुन्छ । उहाँहरुबाट टाढा हुनलाई नभई व्यवस्थापनका लागि मात्र मैले बर्डीगार्ड आवश्यक ठाने ।’
किरण नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना अर्को साता आयोजना गर्ने पल्सर स्पोर्टस अवार्ड २०७४ को पिपुल्स च्वाईस अवार्डको मनोनयनमा पनि परेका छन् । गत वर्ष सोही अवार्ड उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका किरण इन्डियन लिग मिरोर्वासँगको सम्झौता सकिएपछि स्वदेशमै छन् ।
पिपुल्स च्वाईसमा मनोनयनमा परेकोमा खुसी हुँदै किरणले भने, ‘यो पटक सबैको माया र भोट पाए भने यो अवार्ड पनि जित्ने छु । यो नेपाली खेलकुदको सबै भन्दा प्रतिष्ठित अवार्ड हो । हरेक नेपाली खेलाडी यो जित्न चाहन्छन् ।’
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले पहिलो जित निकालेको छ । वीरगन्जले श्री कुमारीलाई २-० गोल अन्तरले हरायो । वीरगन्जको जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतो थारूले एक-एक गोल गरे । एन्फा कम्पलेक्समा आज भएको खेलमा वीरगन्जले सुरूवातमा नै अग्रता बनायो । उसको लागि खेलको १२ औं मिनेटमा […]
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]