default_image

7 years ago

May 9, 2018

चर्च ब्वाइजलाई कुम्मायक कुसायक गोल्डकप, कर्ण सर्वोत्कृष्ट खेलाडी

88 views

0 Bookmark

दिपक बोहोरा
यासोक पाँचथर– चर्च ब्वाइज काठमाडौंले कुम्मायक कुसायक गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भूवन बस्नेतको निर्णायक गोलमा काठमाडौको सुन्धारा क्लबलाई २–१ ले हराउँदै चर्च ब्वाइजले जिल्लाको सर्वाधिक पुरस्कार राशीको गोल्डकप जितेको हो ।

चर्च ब्वाइजका लागि अर्को गोल सुनिल खड्काले गरे । सुन्धाराका लागि खमीर गिल्सन कन्दङवाले गोल गरे । झापा ११ का अधिकांश खेलाडी उतारेको सुन्धारा फाइनलमा भने असफल रह्यो । पृथ्बी माविको मैदानमा सुनिलको गोलबाट चर्च ब्वाइजले १३ औं मिनेटमा खेलमा अग्रता लिएको थियो ।गोलकिपरकिपर किशोर गिरी अगाडी बढेको मौकाको फाइदा उठाउँदै सुनिलले गोल गरेका हुन् ।

२७ औं मिनेटमा सुन्धाराका लागि खमिरले बराबरी गोल फर्काए । विपक्षी किपर अघि बढेको अवस्थामा हेडमार्फत उनले गोल गरेका थिए । ६५ औं मिनेटमा चर्च ब्वाइजका भूवनको गोल खेलेको निर्णायक बन्यो । म्यान अफ दी म्याच चुनिएका चर्च ब्याइजका सुशिल राईले ५ हजार रुपैयाँ प्राप्त गरे ।

सुन्धाराका प्रशिक्षक चन्द्र लिम्बुले खेलाडीको समन्वयन अभावमा उपाधि गुमाउनु परेको बताए । सुरुवाती अग्रताकै कारण टोली उपाधि जित्न सफल भएको चर्च ब्याइजका प्रशिक्षक रुबेन राईले बताए । चर्च ब्याइजले उपाधिसहित ३ लाख ११ हजार र सुन्धाराले १ लाख ५५ हजार रुपैयाँ प्राप्त गर्यो ।

सुन्धाराका कर्ण लिम्बु सर्वोत्कृष्ट खेलाडी घोषित भएको प्रतियोगितामा सोही क्लबका खमिर सर्वाधिक गोलकर्ता बने । त्रिशाली मेलाको अवसर पारेर आयोजना भएको बैशाख २० गते बाट सुरु भएको प्रतियोगितामा ८ टोलीको सहभागिता थियो ।

प्रतियोगिताका उत्कृष्ट
विधा                             नाम                                    क्लब                              पुरस्कार राशी
सर्वोत्कृष्ट खेलाडी          कर्ण लिम्बु                           सुन्धारा                           १५ हजार
सर्वाधिक गोल कर्ता       खमिर गिल्सन कन्दङवा      सुन्धारा                           १० हजार
उत्कृष्ट गोलकिपर          सुर्य अधिकारी                      चर्च ब्याइज                    ८ हजार
उत्कृष्ट रक्षक                 विशाल गुरुङ                       सुन्धारा                          ८ हजार
उत्कृष्ट मिडफिल्ड          पुजन उपरकोटी                   सुन्धारा                          ८ हजार
उत्कृष्ट फरवार्ड              भूवन बस्नेत                         चर्च ब्याइज                    ८ हजार
उत्कृष्ट प्रशिक्षक             रुबेन राई                            चर्च ब्याइज                     ८ हजार

February 12, 2025

एन्जिला आज स्वदेश आउँदै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा ग्रिसबाट आज स्वदेश आइपुग्दै छिन्। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार एन्जिला आज दिउँसो १:०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछिन् । एन्जिला ग्रिसको निस अट्रोमिटौबाट व्यवसायीक फुटबल खेल्दै आएकी छिन् । अर्को साता सुरु हुने इन्टरनेसनल उमन्स च्याम्पियनसिपका लागि उनी […]

February 12, 2025

आहा! राराको २ सय ५० औं खेल आज

पोखरा (हाम्रो खेलकुद)- पोखरा रंगशालामा आज अर्को कीर्तिमान बन्नेछ। जारी २४ औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा आज पहिलो सेमिफाइनल हुँदैछ। आहा राराको इतिहासमा त्यो २ सय ५० औं खेल हो। संयोग आहाको सर्वाधिक सफल टोलीमध्येको एक नेपाल पुलिस क्लबले चर्च ब्वाइज युनाइटेडको सामना गर्दैछ। पुलिस र चर्च ब्वाइज अघिल्ला दुई खेल जत्दै सेमिफाइनल […]

February 12, 2025

चेल्सीकी स्टार स्ट्राइकर केर निर्दोष ठहर

एजेन्सी – चेल्सीकी स्टार स्ट्राइकर साम केरलाई बेवकुफ र सेतो भनेपछि जातीय रूपमा उत्प्रेरित दुर्व्यवहारको आरोपबाट अदालतले निर्दोष ठहर गरेको छ। किङ्स्टन क्राउन अदालतको ज्यूरीले ३० जनवरी २०२३ मा दक्षिण-पश्चिम लन्डनको ट्विकेनहममा भएको घटनासँग सम्बन्धित मुद्दामा केरलाई सफाइ दिएको हो। ३१ वर्षीया केरले आफूलाई प्रहरीले उक्साएको बताएकी छन्। उनलाई एक ट्याक्सी चालकले विवादपछि प्रहरी कार्यालयमा […]

Success

Thank you for your time.