6 years ago
May 10, 2018
म्याड्रिड (एजेन्सी) – च्याम्पियन्स लिगको फाइनल खेल्ने तयारीमा रहेको रियल म्याड्रिड स्पेनिस लिगमा सेभियासँग ३-२ ले पराजित भएको छ । बुधबार सेभियाको घरेलु मैदानमा ३-० ले पछि परेको रियलले पुनरागमन गरेपनि अंक जोड्न सकेन ।
सेभियाले विराम बेन येड्डरको २६ अौं मिनेटको गोलमा अग्रता लिएको थियो । पहिलो हाफको अन्तिम मिनेटमा स्टिभन एन्जोन्जीको पासमा मिगुएल लायुनले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे । रियललाई दोस्रो स्थानमा अाउन जित अत्यावश्यक थियो ।
दोस्रो हाफको ५८ अौं मिनेटमा रियल म्याड्रिडले पाएको पेनाल्टीमा सर्जियो रामोसले गोल गर्न सकेनन् । ८४ अौं मिनेटमा उनै रामोसको अात्मघाती गोलमा सेभिया ३-० ले अगाडी बढ्यो । रियलका लागि ८७ अौं मिनेटमा बोर्जा मायोरालले तथा ९० अौं मिनेटमा सर्जियो रामोसले गोल गरे । रामोसले यसपटक भने पेनाल्टी सदुपयोग गरेका थिए ।
रियल ३६ खेलमा ७२ अंक जोड्दै ७५ अंकसाथ दोस्रो स्थानमा रहेको एट्लेटिकोभन्दा ३ अंक पछाडि छ । बार्सिलोना अपराजित रहँदै ९० अंकमा छ ।
October 10, 2024
हिमाल खरेल, बिर्तामोड बिर्तामोड नगरपालिका वडा नम्बर ४ ले बिर्तामोडमा अन्तरवडा फुटबल प्रतियोगिताको उपाधि जितेको छ । वडा नं. ५ लाई बिहीवार सडनडेथमा हराउँदै वडा नं. वडा ४ ले उपाधि जितेको हो। निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि भएको टाइब्रेकर पनि बराबर भएको थियो । सडनडेथमा वडा नम्बर ५ लाई ८–७ गोलअन्तरले हराउँदै वडा नम्बर […]
October 8, 2024
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]
October 8, 2024
काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]