6 years ago
May 10, 2018
बार्सिलोना (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत बुधबार बार्सिलोनाले भिल्लारियललाई ५-१ ले पराजित गरेको छ । अपराजित रहँदै लिग जित्ने सुरमा रहेको बार्सिलोनाले खेलको सुरुवात देखिनै पकड जमाएको थियो ।
खेलको ११ अौं मिनेटमा फिलिप कोउटिन्होको गोलमा अग्रता लिएको बार्सिलोनाले ५ मिनेटपछि पाउलिन्होको गोलमा अग्रता दोब्बर पार्यो । पहिलो हाफको अन्तिममा अान्द्रेश इनिएस्टाको पासमा लियोनल मेस्सीले गोल गर्दै ३-० स्कोर बनाए ।
दोस्रो हाफको सुरुमै निकोला सान्सोनेले भिल्लारियलको लागि गोल गर्दै गोलअन्तर घटाए । तर, अन्तिम तीन मिनेटमा अोस्मान डेम्बेलेले २ गोल गर्दै बार्सिलोनाको सहज जित पक्का गरे ।
लिगका ३६ खेलमा बार्सिलोनाले कुनै खेल नहारी ९० अंक जोडेको छ । समान ३६ खेलमा एट्लेटिकोको ७५ तथा रियलको ७२ अंक छ ।
October 10, 2024
हिमाल खरेल, बिर्तामोड बिर्तामोड नगरपालिका वडा नम्बर ४ ले बिर्तामोडमा अन्तरवडा फुटबल प्रतियोगिताको उपाधि जितेको छ । वडा नं. ५ लाई बिहीवार सडनडेथमा हराउँदै वडा नं. वडा ४ ले उपाधि जितेको हो। निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि भएको टाइब्रेकर पनि बराबर भएको थियो । सडनडेथमा वडा नम्बर ५ लाई ८–७ गोलअन्तरले हराउँदै वडा नम्बर […]
October 8, 2024
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]
October 8, 2024
काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]