default_image

6 years ago

May 9, 2018

बार्सिलोनाका रोबर्टोलाई ४ खेलको प्रतिबन्ध

67 views

0 Bookmark

बार्सिलोना (एजेन्सी)– रियल म्याड्रिडसँगको एल क्लासिकोमा रातो कार्डको दर्शन गरेका बार्सिलोनाका स्पेनिस रक्षक सर्जी रोबर्टोमाथि ४ खेल प्रतिबध लगाईएको छ । रियलका मार्सेलोलाई खेलका दौरान हातले हिर्काएका रोबर्टोले ४ खेल गुमाउने भएका हुन् ।

roberto

यो प्रतिबन्धसँगै रोबर्टोले भिल्लारियल, लेभान्टे र रियल सोसिड्याडसँग सिजनको बाँकी तीन खेल र आउने सिजनको सुपर कपको पहिलो लेग गुमाउनेछन् । बार्सिलोनाले उनको प्रतिबन्धविरुद्ध अपिल गरेको छ।

रोबर्टोलाई पहिलो हाफको अन्तिम मिनेटमा मार्सेलोसँगको झगडापछि रेफ्री एलेह्यान्द्रो हेर्नाण्डेजले सोझै रातो कार्ड देखाएपछि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो । खेल २–२ को बराबरीमा अन्त्य भएको थियो।

उक्त खेलपछि रेफ्रीको विवरणमा हेर्नाण्डेजले ‘बल नजिक नहुँदा विपक्षी खेलाडीलाई हातले जोडसँग प्रहार गरेको’ उल्लेख गरेका थिए ।

October 10, 2024

बिर्तामोड अन्तरवडा फुटबलको उपाधि वडा नं.४ लाई

हिमाल खरेल, बिर्तामोड बिर्तामोड नगरपालिका वडा नम्बर ४ ले बिर्तामोडमा अन्तरवडा फुटबल प्रतियोगिताको उपाधि जितेको छ । वडा नं. ५ लाई बिहीवार सडनडेथमा हराउँदै वडा नं. वडा ४ ले उपाधि जितेको हो। निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि भएको टाइब्रेकर पनि बराबर भएको थियो । सडनडेथमा वडा नम्बर ५ लाई ८–७ गोलअन्तरले हराउँदै वडा नम्बर […]

October 8, 2024

साफ च्याम्पियनसिपका लागि तयारी अघि बढाउँदै एन्फा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]

October 8, 2024

घटनाको छानबिन र कारवाहीपछि मात्र प्रियांशको परिवारले एन्फाकोआर्थिक सहयोग लिने

काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ‌। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]

Success

Thank you for your time.