7 years ago
May 9, 2018
पेरिस (एजेन्सी)– फ्रेन्च लिग वान उपाधि जितिसकेको पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च कप फुटबलमा लगातार चौथोपटक च्याम्पियन बनेको छ । मंगलबार राति भएको फाइनलमा तेस्रो डिभिजनको लेस हेर्बीएर्सलाई २–० ले पराजित गर्दै पिएसजीले सिजनको दोस्रो उपाधि जितेको हो ।
पिएसजी सन् २०१५ देखि फ्रेन्च कपमा लगातार च्याम्पियन बनिरहेको छ । पिएसजीले फ्रेन्च कप जितेको यो १२ औं पटक हो । टोलीलाई च्याम्पियन बनाउन जिओभानी लो सेल्सो र एडिन्सन काभानीले गोल गरे ।
स्टेट डी फ्रान्स स्टेडियममा भएको खेलको २६ औं मिनेटमा सेल्सोले गोल गर्दै पिएसजीलाई अघि बढाएका थिए । २५ यार्डबाट अर्जेन्टिनी खेलाडी जिओभानीले गरेको सशक्त प्रहार गोलमा परिणत भएको थियो । काभानीले ७४ औं मिनेटमा पेनाल्टीमा गोल गरेका हुन् ।
चोटका कारण करिब दुई महिनायता मैदान बाहिर रहेका महँगा ब्राजिली स्टार खेलाडी नेयमार जर्सीसहित उपाधि उचाल्न पुगेका थिए । लिग वानमा मार्सेविरुद्धको खेलमा चोट लागेपछि उनी ब्राजिलमै उपचाररत थिए । रसिया विशवकप अघि नेयमार खेलमा फर्कने विश्वास गरिएको छ ।
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले पहिलो जित निकालेको छ । वीरगन्जले श्री कुमारीलाई २-० गोल अन्तरले हरायो । वीरगन्जको जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतो थारूले एक-एक गोल गरे । एन्फा कम्पलेक्समा आज भएको खेलमा वीरगन्जले सुरूवातमा नै अग्रता बनायो । उसको लागि खेलको १२ औं मिनेटमा […]
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]