10 years ago
August 26, 2015
अखिल नेपाल फूटबल संघ (एन्फा) ले यु-१९ साफको सेमिफाइनलको टिकटको मुल्य निर्धारन गरेको छ । टिकेटको मुल्य रु ३०० र रु ५०० तोकिएको छ ।
नेपाल समुह क को बिजेता हुँदै यु-१९ साफको सेमी फाइनल प्रवेस गरेको छ र अब भोली हुने पहिलो सेमिफाइनल खेलमा अफ्गानस्थानसँग फाइनल प्रवेशको लागि भिड्दैछ । उक्त खेलको लागि एन्फाले समुह चरणको भन्दा झाण्दै दुईगुना मुल्य बृद्धी गरेको छ । भोलिको टिकटको मुल्य भि.आई.पि तर्फ रु ५०० र साधारण तर्फ रु ३०० निर्धारण गरेकोछ । पहिलो चरणको खेलहरुमा टिकटको मुल्य २०० र ३०० तिरेर दर्शकहरुले खेल हेरेका थिए ।
अखिल नेपाल फूटबल संघ (एन्फा) ले यसरी मुल्य बृद्धी गरेको यो पहिलो पटक भने हैन । संघले नेपालले दोस्रो चरणमा पुगेको हरेक प्रतियोगितमा यसरीनै मुल्य बृद्धी गर्दै आएको छ । एन्फाले फाइनलको टिकट मुल्य बारेमा अहिले सम्म कुनै पनि प्रतिकृया दिएको छैन ।
२४ तरिखमा नेपालको खेलमा खेलको ३ घण्टा अगाडीनै सम्पूर्ण टिकट बिक्री भैसकेको थियो । भोली एन्फाले बिहान ९ बजे बाटनै टिकट बिक्री सुरु गर्ने जनाएको छ । सेमिफाइनलको पहिलो खेल नेपालले १२:३० मा खेल्दैछ ।
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टिम काठमाडौं रेजर्सले आज जर्सी सार्वजनिक गरेको छ । क्लबका सहमालिक, प्रायोजक र प्रशिक्षक लगायतले जर्सी सार्वजनिक गरे । होम जर्सी सेतो र अवे जर्सी रातो रंगको रहेको छ । जर्सी सार्वजनिक कार्यक्रममा काठमाडौं रेजर्सको सम्पुर्ण टिमको पनि उपस्थिति रहेको थियो । जहाँ काठमाडौंका बेल्जियन […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक आज दोस्रो दिन पनि बस्दैछ। विविधसहित १६ वटा विभिन्न एजेण्डामा तय बैठक छलफल बाँकी नै रहेकाले एन्फाले सोमवार बैठक स्थगित गरेको थियो। आज दिउँसो १:०० बजे बैठक सुरु हुनेछ। आज नै एएफसी एसिया कप छनोटमा नेपालले घरेलु टोली मलेसियाको सामना गर्दैछ । एन्फा बैठकले साधारण […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीले यस पटकको विदेश यात्रामा एउटा इतिहास रचिसकेको छ। नेपालले सिंगापुरलाई शुक्रवार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा १-० हराएको थियो। पुरुष फुटबलमा नेपालले सिंगापुरलाई हराएको र गोल गरेको त्यो पहिलो खेल थियो। जिलेस्पी जंग कार्कीले गरेको अग्रतालाई नेपाली टोली जोगाउन सफल भएको थियो। मुख्य प्रशिक्षक म्याट रोसले टोली सम्हालेयता त्यो पहिलो खेल […]