default_image

7 years ago

May 8, 2018

पुलिस दमक गोल्डकपको फाइनलमा

67 views

0 Bookmark

दमक (हाम्रो खेलकुद) – नेपाल एपिएफलाई सेमिफाइनलमा पराजित गर्दै नेपाल पुलिस क्लब दमक गोल्ड कपको फाइनलमा स्थान बनाउन सफल भएको छ। पुलिसका निर किमार राईले पहिलो हाफमा दिलाएको गोल खेलको निर्णायक सावित भयो।

APF

एपिएफका रन्जन बिष्ट, फाइल तस्बिर

क्वाटरफाइनलमा रुस्लान थ्रीस्टारलाई १-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको पुलिसले विभागीय डर्भीमा १-० ले एपिएफलाई पराजित गर्दै फाइनलमा स्थान बनाउन सफल भएको हो । दमक बहुमुखी क्याम्पसको खेल मैदानमा भएको खेलमा निर कुमार राईले खेलको ३७ औं मिनेटमा दिलाएको गोललाई पुलिसले अन्तिम समयसम्म जोगाएको थियो। खेलको एकमात्र गोलकर्ता निर कुमार राई ‘म्यान अफ दी म्याच’ भए। उनले नागाज रु ११ हजार प्राप्त गरे।

पुलिसले फाइनलमा भोलीको दोस्रो सेमिफाइनलमा मनाङ र आर्मीबीचको विजेतासँग भिड्नेछ। प्रतियोगिताको विजेताले १३ लाख ११ हजार प्राप्त गर्नेछ भने उपविजेताले ६ लाख ५० हजार प्राप्त गर्नेछ।

February 12, 2025

एन्जिला आज स्वदेश आउँदै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा ग्रिसबाट आज स्वदेश आइपुग्दै छिन्। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार एन्जिला आज दिउँसो १:०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछिन् । एन्जिला ग्रिसको निस अट्रोमिटौबाट व्यवसायीक फुटबल खेल्दै आएकी छिन् । अर्को साता सुरु हुने इन्टरनेसनल उमन्स च्याम्पियनसिपका लागि उनी […]

February 12, 2025

आहा! राराको २ सय ५० औं खेल आज

पोखरा (हाम्रो खेलकुद)- पोखरा रंगशालामा आज अर्को कीर्तिमान बन्नेछ। जारी २४ औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा आज पहिलो सेमिफाइनल हुँदैछ। आहा राराको इतिहासमा त्यो २ सय ५० औं खेल हो। संयोग आहाको सर्वाधिक सफल टोलीमध्येको एक नेपाल पुलिस क्लबले चर्च ब्वाइज युनाइटेडको सामना गर्दैछ। पुलिस र चर्च ब्वाइज अघिल्ला दुई खेल जत्दै सेमिफाइनल […]

February 12, 2025

चेल्सीकी स्टार स्ट्राइकर केर निर्दोष ठहर

एजेन्सी – चेल्सीकी स्टार स्ट्राइकर साम केरलाई बेवकुफ र सेतो भनेपछि जातीय रूपमा उत्प्रेरित दुर्व्यवहारको आरोपबाट अदालतले निर्दोष ठहर गरेको छ। किङ्स्टन क्राउन अदालतको ज्यूरीले ३० जनवरी २०२३ मा दक्षिण-पश्चिम लन्डनको ट्विकेनहममा भएको घटनासँग सम्बन्धित मुद्दामा केरलाई सफाइ दिएको हो। ३१ वर्षीया केरले आफूलाई प्रहरीले उक्साएको बताएकी छन्। उनलाई एक ट्याक्सी चालकले विवादपछि प्रहरी कार्यालयमा […]

Success

Thank you for your time.