default_image

6 years ago

May 8, 2018

‘रोनाल्डो हुँदा असम्भव केहि छैन’ – माउरिन्हो

61 views

0 Bookmark

म्यानेचस्टर (एजेन्सी)– म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे माउरिन्होले क्रिस्टियानो रोनाल्डो भएको टोलीका लागि असंम्भव भन्ने केहि नरहेको बताएका छन् । विश्व कप जित्ने पोर्चुगलको सम्भावनाका विषयमा बोल्दै उनले रोनाल्डो सम्मिलित टोलीबाट जेपनि सम्भव भएको बताएका छन् ।

आफ्नो देशका राष्ट्रिय टोलीलाई कहिल्यै प्रशिक्षण नदिएका माउरिन्होको नजरमा ब्राजिल र स्पेन विश्व कपका सबैभन्दा मुख्य दाबेदार हुन् । यद्दपी रोनाल्डो प्रति माउरिन्हो निकै विश्वस्त छन् ।

‘पोर्चुगल चाखलाग्दो टोली हो । रोनाल्डो विना केहि सम्भव छैन । तर उनी हुँदा केही पनि असम्भव भन्ने छैन,’ रियल म्याड्रिडका पूर्व प्रशिक्षक समेत रहेका माउरिन्होले भने,‘ प्राविधिक र मानसिक रुपबाटै ब्राजिलको तल्लो तहको संरचना छ जुन मलाई मन पर्छ । ब्राजिलयनमा जन्मजात रहेको क्षमतालाई अझै शारीरिक र प्राविधिक रुपमा परिकृत गरिन्छ । ’

माउरिन्होले विश्व कपमा ब्राजिल बारेमा थपे,‘ त्यो यस्तो टोलीको जसको रक्षापक्ति बलियो छ । कमै गोलको सामना गर्छ । विलियन, नेयमार, काउटिन्हो, जिसस जस्ता उच्च स्तरीय खेलाडी छन् ।’

स्पेनको टोलीबाट पनि माउरिन्हो प्रभावित छन् । ‘हामीसँग परम्परात युरोपिन टोली छ । तर मलाई स्पेनमाथि विश्वास छ ,’ उनले भने,‘ फेरि एकपटक स्पेन बलियो भएको छ । एकै शैली र मानसिकता भएका खेलाडीलाई जुटाउन टोली सफल भएको छ । ’

५५ वर्षे माउरिन्हो रसिया विश्व कपमा अलग भूमिकामा रहनेछन् । युरोपियन क्लब फुटबलको विश्रामको समयमा हुने विश्वकपमा उनी विश्लेषकका रुपमा रहनेछन् ।

October 10, 2024

बिर्तामोड अन्तरवडा फुटबलको उपाधि वडा नं.४ लाई

हिमाल खरेल, बिर्तामोड बिर्तामोड नगरपालिका वडा नम्बर ४ ले बिर्तामोडमा अन्तरवडा फुटबल प्रतियोगिताको उपाधि जितेको छ । वडा नं. ५ लाई बिहीवार सडनडेथमा हराउँदै वडा नं. वडा ४ ले उपाधि जितेको हो। निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि भएको टाइब्रेकर पनि बराबर भएको थियो । सडनडेथमा वडा नम्बर ५ लाई ८–७ गोलअन्तरले हराउँदै वडा नम्बर […]

October 8, 2024

साफ च्याम्पियनसिपका लागि तयारी अघि बढाउँदै एन्फा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]

October 8, 2024

घटनाको छानबिन र कारवाहीपछि मात्र प्रियांशको परिवारले एन्फाकोआर्थिक सहयोग लिने

काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ‌। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]

Success

Thank you for your time.