6 years ago
May 8, 2018
पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) का मार्को भेराट्टीले टोलीका स्टार नेयमारको तारिफ गर्दै उनी केहि वर्षमा विश्वकै उत्कृष्ट खेलाडी हुने विश्वास व्यक्त गरेका छन् ।
लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको बालोन डी ओरमा रहेको राजलाई नेयमारले तोड्नेमा भेराट्टी विश्वस्त छन् । सन् २००८ यता बालोन डी ओर मेस्सी र रोनाल्डोले नै जित्दै आएका छन् । त्यो निरन्तरतालाई नेयमारले भंग गर्ने धेरैले अपेक्षा गरेका छन् ।
‘रोनाल्डो र मेस्सी अहिले पनि दाबेदार हुन् । तर नेयमारको उनीहरु भन्दा ५ वर्ष कम छ । अहिले नै उनी उत्कृष्ट खेलाडी हुन्,’ भेराट्टीले अन्तर्वार्ताका क्रममा भनेका छन्, ‘आउने वर्षमा नेयमारले बालोन डी ओर जित्ने सम्भावना बढी छ ।’
विश्वकै उत्कृष्ट खेलाडी बन्ने र उपाधि जित्न आवश्यक सबै गुण नेयमारमा रहेको उल्लेख गर्दै उनले थपे, ‘अबको तीन चार वर्षमा उनले रोनाल्डो र मेस्सीको ठाँउ लिनेछन् । ‘
नेयमारसँग एउटै टोलीमा खेल्न पाउनुलाई उनले भाग्यसँग जोडेका छन् । ‘उनी विश्वका उत्कृष्ट खेलाडी मध्ये एक हुन् । उनी हाम्रो टोलीका महत्वपूर्ण खेलाडी हुन्, यद्दपी हामी एउटै खेलाडीमा निर्भर हुँदैनौं,’ उनले भने, ‘यदि उनी चोटग्रस्त हुन्थेन टोलीले अझै उच्च प्रदर्शन गर्न सक्थ्यो । उनी हुँदा जित अझै सहज हुन्थ्यो ।’
सिजनको सुरुवातमा बार्सिलोनाका विश्व कीर्तिमानी रकममा पिएसजी पुगेका नेयमार रियल म्याड्रिड जान सक्ने चर्चा पनि व्यापक रुपमा चलेको छ । यद्दपी नेयमार मैदान फर्केर विश्व कपमा केन्द्रित हुन चाहिरहेका छन् ।
October 10, 2024
हिमाल खरेल, बिर्तामोड बिर्तामोड नगरपालिका वडा नम्बर ४ ले बिर्तामोडमा अन्तरवडा फुटबल प्रतियोगिताको उपाधि जितेको छ । वडा नं. ५ लाई बिहीवार सडनडेथमा हराउँदै वडा नं. वडा ४ ले उपाधि जितेको हो। निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि भएको टाइब्रेकर पनि बराबर भएको थियो । सडनडेथमा वडा नम्बर ५ लाई ८–७ गोलअन्तरले हराउँदै वडा नम्बर […]
October 8, 2024
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]
October 8, 2024
काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]