default_image

6 years ago

May 8, 2018

ओजिल विश्वकपका लागि फिट हुने

81 views

0 Bookmark

लन्डन (एजेन्सी) – जर्मन राष्ट्रिय टोली एवं आर्सनल मिडफिल्डर मेसुट ओजिल हाल घाइते भएपनि विश्वकपका लागि फिट हुने खेलाडी आफैंले बताएका छन्  । ढाडको समस्याले प्रिमियर लिगका बाँकी खेलमा उपस्थित नहुने पक्का भएपछि ओजिल्ले आफु विश्वकपका लागि भने तयार रहने बताएका हुन् ।

ओजिलले आइतबार भएको बर्नलीविरुद्धको प्रिमियर लिग खेल गुमाएका थिए । उक्त खेलपश्चात प्रशिक्षक आर्सेन वेंगरले ओजिलले सिजनका बाँकी खेलमा उपस्थिति नजनाउने पक्का गरेका हुन् । उनको यस खबरले जर्मन मिडियामा भने विश्वकप संकटमा पर्नेजस्ता खबर पनि आएका थिए । उनले ट्वीटरमार्फत लेख्दै विश्वकपसम्म ठिक हुने बताएका छन् ।

‘ ढाडको चोटका कारण मैले बर्नलीसँगको खेल गुमाउनु पर्यो । पुरै ठिक हुन अझै केहि समय लाग्ने छ । तर म विश्वकपका लागि पूर्णरुपमा फिट हुनेमा विश्वस्त छु,’ उनले बताए । विश्वकपको पछिल्लो संस्करणमा जर्मनीले उपाधि जित्दा ओजिल टोलीका महत्त्वपूर्ण खेलाडी थिए ।

यसपटक पनि जर्मनीलाई उपाधिको दावेदारको रुपमा हेरिएको छ । गत वर्ष युवा खेलाडीकै भरमा जर्मनीले फिफा कन्फेडेरेसन कपको उपाधि जितेको थियो । सिनियर खेलाडीलाई विश्राम दिएको उक्त प्रतियोगितामा युवा टोलीले उत्कृष्ट प्रदर्शन गरेका थिए । यसपटक टोनी क्रुस, लेरोय साने, म्याट्स हमल्स, लगायतका खेलाडी क्लबका लागि राम्रो प्रदर्शन गरिरहेका हुनाले पनि जर्मनीले राम्रो प्रदर्शन गर्ने अपेक्षा गर्न सकिन्छ ।

October 10, 2024

बिर्तामोड अन्तरवडा फुटबलको उपाधि वडा नं.४ लाई

हिमाल खरेल, बिर्तामोड बिर्तामोड नगरपालिका वडा नम्बर ४ ले बिर्तामोडमा अन्तरवडा फुटबल प्रतियोगिताको उपाधि जितेको छ । वडा नं. ५ लाई बिहीवार सडनडेथमा हराउँदै वडा नं. वडा ४ ले उपाधि जितेको हो। निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि भएको टाइब्रेकर पनि बराबर भएको थियो । सडनडेथमा वडा नम्बर ५ लाई ८–७ गोलअन्तरले हराउँदै वडा नम्बर […]

October 8, 2024

साफ च्याम्पियनसिपका लागि तयारी अघि बढाउँदै एन्फा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]

October 8, 2024

घटनाको छानबिन र कारवाहीपछि मात्र प्रियांशको परिवारले एन्फाकोआर्थिक सहयोग लिने

काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ‌। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]

Success

Thank you for your time.