7 years ago
May 7, 2018
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले १० दिन भित्र लिगको मितिको घोषणा गर्ने भएको छ । पूर्व खेलाडी एवंम् एआइजी विज्ञानराज शर्माको संयोजकत्वमा नव निर्वाचित एन्फा कार्यसमितिको पहिलो बैठकले सोमबार लिग कमिटी गठन गरेको छ ।
एन्फा मुख्यालय सातदोबाटोमा भएको बैठकले लिग कमिटीलाई १० दिन भित्र घोषणा र लिगको ढाँचाका तय गर्ने जिम्मेवारी दिएको छ । सोमबारकै बैठकबाट प्रवक्ता नियुक्त भएका केन्द्रिय सदस्य किरण राईले लिग फुटबलका सरोकारवाला क्लबसँगको परामर्शपछि लिगको मिति तय गर्ने गरि समितिलाई जिम्मा दिएका छौं ।
यसअघि एन्फाले प्रयोगका रुपमा लिग आयोजना गर्दै आएको थियो । राउन्ड रोविन लिग, डबल लिग, सुपर सिक्स, सुपर एट हुँदै एन्फाले राष्ट्रिय लिगको प्रयोग गरेको थियो । २०७२ यता भने कुनै पनि लिग हुन सकेको छैन । गत वर्ष पटक पटक मिति पनि एन्फाले लिग गर्न सकेन । एन्फा अध्यक्षमा निर्वाचित भएलगत्तैपनि कर्मा छिरिङ शेर्पाले तत्काल लिगको घोषणा गर्ने दोहोराएका थिए ।
एन्फाको नवनिर्वाचित समितिका १५ निर्णय
शेर्पाको अध्यक्षतामा बसेको पहिलो बैठकले सिएमजी क्लब संकटाका अध्यक्ष इन्द्रमान तुलाधरलाई महासचिव र रवीन्द्र जोशीलाई कोषाध्यक्षमा नियुक्त गरेको छ । यसअघि तुलाधर प्रमुख कार्यकारी अधिकृत र जोशी सह कोषाध्यक्ष थिए । नेपाली कांग्रेसबाट काठमाडौंको प्रदेश सभामा उम्मेदवारी दिएपछि तुलाधारले सिइओ पदबाट राजीनामा दिएका थिए ।
प्रदेश सभामा पराजित भएपछि तुलाधरले एन्फा अध्यक्षको लागि उम्मेदवारी दिने बताएपनि पछि उनले शेर्पाको प्यानललाई सघाएका थिए । यसअघि एन्फाका मानार्थ अध्यक्ष रहेको तासी घलेले सोही पदमा निरन्तरता पाएका छन् । पूर्व उपाध्यक्ष किशोर राईले वरिष्ठ मानार्थ उपाध्यक्ष, सरस्वती क्लबका शिक्षित पराजुली मानार्थ उपाध्यक्ष एवंम् आर्थिक समिति तथा केन्द्रिय सदस्यमा निर्वाचित किरण राईले प्रवक्ताको जिम्मेवारी दिएको छ ।
सुरुवातबाट शेर्पा समूहलाई सघाएका नवीन पाण्डेलाई अन्तर्राष्ट्रिय समन्वय समितिको जिम्मेवारी दिनुको साथी सल्लाकारमा मनोनित गरिएको छ । पूर्व केन्द्रिय सदस्य दीपक खातीलाई लेखापाल र अनुपालको संयोजक मनोनयन गरिएको छ । त्यस्तै सातै प्रदेशमा ग्रासरुट कार्यक्रम सञ्चालनका लागि उपाध्यक्ष उपेन्द्रमान सिंहलाई संयोजक, उपाध्यक्ष बीर बहादुर खड्कालाई जिल्ला समन्वय गर्ने जिम्मेवारी तोकिएको छ ।
पूर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतीमा सुरु गरिएको ललित मेमोरियल यु–१८ फुटबल प्रतियोगित जेठ २९ गतेबाट गर्ने निर्णय गरेको छ । एन्फामा आबद्ध जिल्ला संघहरुको सहभागितामा जिल्ला लिग, प्रदेश प्रतियोगिता र केन्द्रिय प्रतियोगिता हुने गरी एन्फा प्रेसिडेन्ट कप फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । यस्तै बैठकले भूकम्पले क्षतिग्रस्त बनाएको दरशरथ रंगशालाको पुर्ननिर्माणको लागि आवश्यक बजेट विनियोजन गरिदिनको लागि नेपाल सरकारलाई अुनरोध गर्ने निर्णय गरेको छ ।
शनिबार सम्पन्न एन्फा साधारण सभाबाट शेर्पा र उनको प्यानलका ४ उपाध्यक्ष र ११ सदस्य विजयी भएका थिए । सोही प्यानलकी पेमा लामा महिला सदस्यमा निर्विरोध निर्वाचित भएकी थिइन् । शनिबार भएको एन्फाको १६ औं कंग्रेसले शेर्पाको प्यानलले निर्वाचनमा क्लिन स्विप गरेको थियो । नयाँ कार्यसमितिले सोमबार नै पदभार ग्रहण गरेको थियो भने युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले मन्त्रालय बोलाएर कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए ।
February 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा ग्रिसबाट आज स्वदेश आइपुग्दै छिन्। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार एन्जिला आज दिउँसो १:०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछिन् । एन्जिला ग्रिसको निस अट्रोमिटौबाट व्यवसायीक फुटबल खेल्दै आएकी छिन् । अर्को साता सुरु हुने इन्टरनेसनल उमन्स च्याम्पियनसिपका लागि उनी […]
February 12, 2025
पोखरा (हाम्रो खेलकुद)- पोखरा रंगशालामा आज अर्को कीर्तिमान बन्नेछ। जारी २४ औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा आज पहिलो सेमिफाइनल हुँदैछ। आहा राराको इतिहासमा त्यो २ सय ५० औं खेल हो। संयोग आहाको सर्वाधिक सफल टोलीमध्येको एक नेपाल पुलिस क्लबले चर्च ब्वाइज युनाइटेडको सामना गर्दैछ। पुलिस र चर्च ब्वाइज अघिल्ला दुई खेल जत्दै सेमिफाइनल […]
February 12, 2025
एजेन्सी – चेल्सीकी स्टार स्ट्राइकर साम केरलाई बेवकुफ र सेतो भनेपछि जातीय रूपमा उत्प्रेरित दुर्व्यवहारको आरोपबाट अदालतले निर्दोष ठहर गरेको छ। किङ्स्टन क्राउन अदालतको ज्यूरीले ३० जनवरी २०२३ मा दक्षिण-पश्चिम लन्डनको ट्विकेनहममा भएको घटनासँग सम्बन्धित मुद्दामा केरलाई सफाइ दिएको हो। ३१ वर्षीया केरले आफूलाई प्रहरीले उक्साएको बताएकी छन्। उनलाई एक ट्याक्सी चालकले विवादपछि प्रहरी कार्यालयमा […]