7 years ago
May 7, 2018
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनमा कर्मा छिरिङ शेर्पा प्यानललाई सघाएमध्येका इन्द्रमान तुलाधार र रविन्द्र जोशीले महत्वपूर्ण जिम्मेवारी पाएका छन् ।
शेर्पाको नेतृत्वमा प्यानलनै विजयी भएपछि नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले तुलाधरलाई महासचिव र जोशीलाई कोषाध्यक्षमा नियुक्त गरेको छ । यसअघि तुलाधर प्रमुख कार्यकारी अधिकृत (सिइओ) र जोशी सह कोषाध्यक्षमा जिम्मेवारीमा थिए । सुरुमा तुलाधारले एन्फा अध्यक्षमा उम्मेदवारी दिने बताएपनि पछि उनले शेर्पा समूहलाई सघाएका थिए ।
यसअघि एन्फाका मानार्थ अध्यक्ष रहेको तासी घलेले सोहि पदमा निरन्तरता पाएका छन् । केन्द्रिय सदस्यमा निर्वाचित किरण राईलाई कार्यसमितिले प्रवक्ताको जिम्मेवारी तोेकेको छ । घलेले पनि शेर्पा समूहका पक्षमा खुलेर लागेका थिए ।
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले पहिलो जित निकालेको छ । वीरगन्जले श्री कुमारीलाई २-० गोल अन्तरले हरायो । वीरगन्जको जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतो थारूले एक-एक गोल गरे । एन्फा कम्पलेक्समा आज भएको खेलमा वीरगन्जले सुरूवातमा नै अग्रता बनायो । उसको लागि खेलको १२ औं मिनेटमा […]
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]