default_image

7 years ago

May 7, 2018

पुलिसलाई फाइनलमा स्थान, पश्चिमाञ्चल पराजित

118 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पश्चिमाञ्चल भलिबल टोलीलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाल पुलिस क्लब चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। 

तस्बिर: विवेक सुवेदी/ हाम्रो खेलकुदShivam Cement

सोमबार त्रिपुरेश्वोर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा सम्पन्न दोस्रो सेमिफाइनलमा पुलिसले २५-१९,२५-१५ र २५-२२ ले पश्चिमाञ्चललाई पराजित गरेको हो। नेपाल पुलिस क्लबले फाइनलमा भोली नेपाल एपिएफको सामना गर्नेछ। फाइनल १:३० बजे हुनेछ। त्यस्तै पश्चिमाञ्चलले तेस्रो स्थानको खेलमा भोली १० बजे शिवम् न्यु डायमण्डको सामना गर्नेछ। न्यु डायमण्डलाई पहिलो सेमिफाइनलमा एपिएफले ३-१ ले पराजित गरेको थियो

नेपाल पुलिस क्लबले समूह चरणको खेलमा शिवम् न्यु डायमण्डलाई र नेपाल आर्मीलाई ३-१ ले पराजित गर्दै समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको थियो भने पश्चिमाञ्चल समूह ‘ए’को उपविजेता हो। पहिलो खेलमा एपिएफसँग सोझो सेटमा पराजित भएको पश्चिमाञ्चलले दोस्रो खेलमा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई सोझो सेटमा पराजित गरेको थियो।

तीन विभागीय टोलीसहित न्यु डायमण्ड एकेडेमी, पश्चिमाञ्चल भलिबल टोली र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको सहभागिता रहेको यस प्रतियोगिताको फाइनल बैशाख २५ गते हुनेछ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘केएनपी सर्वोकृष्ट खेलाडी’ को उपाधि सहित १० हजार रुपैयाँ प्रदान गरिनेछ । विधागत उत्कृष्टतर्फ ‘शिवम् सिमेन्ट वेष्ट स्पाईकर’, ‘शिवम् सिमेन्ट वेष्ट डिफेन्स’ र ‘शिवम् सिमेन्ट वेष्ट ब्लकर’ को उपाधिबाट एक–एक खेलाडीलाई ५ हजार रुपैयाँसहित पुरस्कृत गरिनेछ ।

प्रतियोगिताको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुने टोलीले ५० हजार पुरस्कार पाउनेछन्। त्यस्तै उत्कृष्ट खेलाडीले १० हजार र विधागततर्फ उत्कृष्ट ७ जनाले जनही ५ हजार पुरस्कार पाउनेछन्। प्रतियोगिताको वजेट १८ लाख रहेको छ।

manju gurung

March 17, 2025

वीरगन्ज युनाइटेडको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले पहिलो जित निकालेको छ । वीरगन्जले श्री कुमारीलाई २-० गोल अन्तरले हरायो । वीरगन्जको जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतो थारूले एक-एक गोल गरे । एन्फा कम्पलेक्समा आज भएको खेलमा वीरगन्जले सुरूवातमा नै अग्रता बनायो । उसको लागि खेलको १२ औं मिनेटमा […]

March 17, 2025

झापामा एनएसएलको ट्रफी प्रदर्शन

हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]

March 17, 2025

३ नयाँसहित राष्ट्रिय फुटबल टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ‌ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]

Success

Thank you for your time.