9 years ago
January 28, 2016
काठमाडौं, माघ १४ बंगबन्धु गोल्डकप विजयी गराउने राष्ट्रिय टोलीका सदस्यहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेका छन् ।
प्रधानमन्त्री ओलीले राष्ट्रिय फुटबल टिमका सदस्यलाई बिहीवार बालुवाटारस्थित आफ्नै निवासमा बोलाएर सम्मान गर्दै राष्ट्रिय खेलकुद परिषद्को सिफारिस अनुसार टोलीका सबै सदस्यलाई जनही २–२ लाख रुपैयाँ प्रदान गरिने बताए ।
बंगबन्धु कपमा पाएको सफलताले नेपाली फुटबल टोली जितको लयमा फर्किएको बताउदै प्रधानमन्त्री ओलीले १२औं सागमा स्वर्णपदकको आशा गरिएको बताए ।
कार्यक्रममा युवा तथा खेलकुदन्त्री सत्यनारायण मण्डलले पछिल्लो समय फुटबलमा भएको नकरात्मक सन्देशलाई बंगबन्धुले सफा गरेको बताए ।
नेपाली टिमले बहराइनको यु–२३ टिमलाई ३–० ले पराजित गर्दै लाइबंगबन्धु कपको उपाधि हात पारेको थियो ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]